जिल्ला समाचार

गुल्मीमा होटल रेष्टुरेन्टको स्तरीकरण गरिने

गुल्मी, फागुन ०३ । गुल्मीमा होटल रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गरिने भएको छ । खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गर्न तम्घासका होटल व्यवसायीहरुसँग कार्यक्रम गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले सदरमुकाम तम्घासमा रहेका होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गर्न कार्यक्रम गरेको हो । होटल व्यवसायीहरुलाई खाद्य स्वच्छताका सम्बन्धी जानकारी गराउँदै गुणस्तरीय सेवाको आधारमा लोगो बिरतण गर्न लागेको हो । तम्घास बजार रहेका होटलहरुमा अनुगमन पश्चात खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण गरेर लोगो वितरण गरिने दाहालले बताए ।

उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि गराउने उद्देश्यले होटलहरुको स्तरीकरण गर्न लागिएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D