gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा हुदै

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, २० माघ। गुल्मीमा मंगलबार स्वास्थ्य बिमा कार्यक्रम घोषणा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वास्थ्य बिमा कार्यक्रमको घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत खिमलाल ज्ञवालीले बताए ।

मन्त्री ज्ञवाली नेकपा जिल्ला कमिटीको प्रशिक्षण तथा अन्य कार्यक्रमको लागि सोमबार साँझ तम्घास आउने कार्यतालिका रहेको छ । दुई नगरसहित १० गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु र सवै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बिमाको बारेमा अभिमुखीकरण सम्पन्न भएको छ । भने प्रत्येक वडाहरुमा दर्ता सहयोगी कार्यकर्ता छनौट गरिएको ज्ञवालीले बताए । प्रत्येक वडामा वडाध्यक्ष संयोजक रहेको तीन सदस्यीय दर्ता सहयोगी छनौट समिति गठन गरिएको थियो ।

अहिले दर्ता सहयोगीहरुको अभिमुखीकरण सदरमुकाम तम्घासमा संचालन भइरहेको छ । सहयोगीहरुलाई स्वास्थ्य बिमा के हो, प्रत्येक घर परिवार कसरी यो प्रक्रियामा आवद्ध गर्ने, लगत संकलन, स्वास्थ्य बिमा परिचय पत्र वितरण र कार्यक्रममा आवद्ध भए बापत भुक्तान गर्नुपर्ने योगदान रकम लगायतका बिषयमा प्रशिक्षण भइरहेको बोर्डका प्रदेश संयोजक मनोज पौडेलले बताए ।

पाँच सदस्य रहेको परिवारले ३५ सय तिरेर यो कार्यक्रममा समावेश हुन पाउने छन् । उनीहरुले बिमा गरेको परिचय पत्रका आधारमा मान्य प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख सम्मको औषधी उपचार पाउने छन् । भने पाँच सयभन्दा बढि भएमा प्रत्येक सदस्य सात सयका दरले प्रिमियम शुल्क (योगदान रकम) बुझाउनु पर्ने छ । प्रति थप सदस्य २० हजारका दरले अधिकतम दुई लाखसम्मको औषधी उपचार प्राप्त गर्ने पौडेलले बताए ।

बिमाको माध्यमबाट जोखिम कम गरेर आम नेपाली नागरिकलाई स्वास्थ्यको पहुँच स्थापित गर्न यो कार्यक्रम संचालन भएको गुल्मी जिल्ला दर्ता अधिकारी डिकेन्द्र बिष्टले बताए । उनले माघ, फागुन र चैतमा बिमा कार्यक्रममा आवद्ध परिवारले जेठ १ गतेबाट स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । भने बैशाख, जेठ र असारमा आवद्ध भएकाले भदौबाट, साउन, भदौ र असोजमा आवद्ध परिवारले मंसिरबाट र कार्तिक, मंसिर र पुसमा आवद्ध परिवारले माघ १ गतेबाट स्वास्थ्य सेवा प्राप्त गर्ने बिष्टले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D