जिल्ला समाचार

गुल्मीमा स्वास्थ्य एवं खुसीयाली जीवन अनुभुती शिविर सञ्चालन

अनिता खत्री
गुल्मी, जेठ २४ । ब्रम्हाकुमारी ईश्वरीय विश्व बिद्यालय तम्घास शाखा गुल्मीको आयोजनामा स्वास्थ्य एवं खुसीयाली जीवन अनुभुती शिविर सञ्चालन भएको छ । सदरमुकाम तम्घास स्थित आफ्नै भवनमा यहि जेठ २३ देखि शुरु भएको शिविर जेठ २७ गतेसम्म सञ्चालन हुने ब्रम्हाकुमारी ईश्वरीय विश्व बिद्यालय तम्घास शाखाका समर्पित सदस्य बह्माकुमार शैलेन्द्रले बताउनुभयो ।

शिविरमा स्वास्थ्य तथा तनाव रहित जीवन यापनका लागि कसरी खुसी बन्न सकिन्छ ? भन्ने बिषयमा प्रशिक्षण प्रदान गरिने उहाँको भनाई छ । ब्रम्हाकुमारी ईश्वरीय विश्व बिद्यालय गुल्मी क्षेत्रकी सञ्चालिका बह्माकुमारी सीमा दिदिको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्व्य समितिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अहिले हरेक व्यक्तिहरु कुनै न कुनै कारणले तनावमा रहेको तथ्याङ्कले पनि बेला–बेला देखाउने गरेको भन्दै शिविरद्धारा आत्मविश्वासमा बृद्धि हुने बताउनुभयो ।
तनावरहित जीवन यापनका लागि हामीलाई प्रशिक्षणको पनि आवश्यकता पर्ने बताउनुभयो । शिविरमा बह्माकुमार भक्तीराम पाण्डे र बह्माकुमार नविन पन्थीले प्रशिक्षण दिईरहनुभएको छ ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका वडाअध्यक्षहरु, अखिलेश्वर प्रसाद पाण्डेय, उदय थापा, थम्मन के.शी र भरत भलामीको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन ब्रम्हाकुमारी कल्पना भण्डारीले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker