जिल्ला समाचार

गुल्मीमा स्वास्थ्यचौकीका समस्यै समस्या: न भवन छ न औषधी, नत कर्मचारी नै छन्

सन्तोष महतारा
गुल्मी, असार २१ । गुल्मीका विभिन्न स्वास्थ्यचौकीमा समस्यै समस्या रहेका छन् । भर्खरै सम्पन्न सामाजिक परिक्षणमा सो तथ्य पत्ता लागेको हो । चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा मा सामाजिक परिक्षण तथा आमभेला कार्यक्रम मार्फत ति समस्याहरु उजागर भएको हो ।

राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालको आयोजना र गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुवँरले जानकारी दिनुभएको छ ।

कालीगण्डकी र चन्द्रकोटका ६ वटा स्वास्थ्यचौकीमा गरिएको सामाजिक परिक्षणमा विभिन्न समस्याहरु देखा परेका छन् । स्वास्थ्यचौकीका आफ्नै भवन नहुनु, औषधी पनि प्रर्याप्त नहुनु, कुनैमा कर्मचारी नहुनु, सुचनापाटी तथा गुनासो पेटिकाको ब्यबस्था नराख्नु लगायतका समस्याहरु सामाजिक परिक्षणको क्रममा भेटिएका थिए । साथै कुनै स्वास्थ्य चौकीमा कर्मचारी बस्नको लागि प्रर्याप्त कुर्सी नहुनु पनि समस्या भेटिएका छन् । भने कुनै स्वास्थ्यचौकीमा बिरामीले खाने पनि खानेपानी नहुनु लगायतका समस्याहरु रहिआएको स्थानियहरुले गुनासो गरेका थिए ।

सम्पुर्ण स्थानियहरुका गुनासा गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले प्रतिक्रिया दिएका थिए । सम्पुर्ण समस्याहरुलाई छिट्टै पहल गरि समाधानको उपाय खोजिने गाउँपालिकाले जानकारी दिएका छ । सामाजिक परिक्षण कार्यक्रम नार्डेक नेपालका कार्यकारी निर्देश रेशम कुवँर, हरिकृष्ण विक, ठानेश्वर अर्याल तथा पत्रकारहरु डिबि खड्का र सन्तोष महताराको सहजिकरणमा गरिएको हो । साथै जिल्लाभरमा नै सबै स्थानियतहहरुमा विभिन्न संघसंस्थाहरुले सामाजिक परिक्षण कार्यक्रम गरिरहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D