जिल्ला समाचार

गुल्मीमा स्वस्फुर्त रुपमा युवाहरुको प्रर्दशन, शतप्रतिशत पिसिआर टेस्टको माग

गुल्मी, असार १ । गुल्मीको सदरमुकाम तम्घासमा स्वस्फुर्त रुपमा युवाहरुले प्रर्दशन गरेका छन् । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सरकारले चालेको कदम प्रति असन्तुष्टी जनाउँदै उनीहरुले प्रर्दशन गरेका हुन् ।

आइतबार सदरमुका तम्घासको जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरुले धर्ना दिँदै कोरोना भाइरस कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको प्ले कार्ड सहित प्रर्दशन गरेका हुन् ।
क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै धर्नामा बसेका थिए ।

कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने बताएका थिए । धर्ना कार्यक्रमको नेतृत्व कस्ले गरेको हो भन्ने कुनै आधिकारीक जानकारी नभएपनि सामाजिक संजालद्धारा युवाहरु एकिकृत भई सडकमा आएको बुझिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker