जिल्ला समाचारनिर्वाचन अप्डेट

गुल्मीमा सुरु गरे कांग्रेसजनले चन्द्र केसी जिताउ अभियान

प्रेम सुनार
कार्तिक–२३ । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसको नेता तथा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. लाई विजयी गराउनका लागी यहाँका काग्रेसजनले चन्द्र के.सी. जिताउ अभियान सुरु भएको छ। उक्त अभियान उम्मेदवार के.सी.ले आफ्नै स्थान रेसुङ्गा नगरपालीका वडा नं. ३ बाट सुरु गरेका हुन्।
उक्त अभियान कार्यक्रममा नेकपा एमाले परित्याग गरी तिलक बहादुर के.सी. लगायत १० जनाको समुह नेपाली काँग्रेसमा प्रवेश गरेका छन। अभियान कार्यक्रममा स्थानीय कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसारलाई अति तीव्र रुपमा अगाडी बढाउने उम्मेदवार के.सी.ले बताएका छन।
पुर्व जिविस सभापति तथा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति केसी यसपालि साविकको क्षेत्र नम्वर ३ का जनताले नयाँ नेता खोजेको दावि गर्दै भने– ‘दुई तिन कार्यकाल गोकर्ण विष्ट जि जित्नु भयो अव उहाँले मलाई पालो दिनु हुन्छ र दिनु पनि पर्छ ।’
उक्त प्रतिनिधि सभा उम्मेदवार चन्द्र के.सी. प्रदेश सभा नं. १ का उम्मेदवार शालीक पन्थी, पार्टी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, सचिव विष्ष्णु सापकोटा, पुर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का, क्षेत्रीय सचिव पुर्ण बहादुर के.सी. नेबिसंघ नेता रोशन सिंह ठकुरी तथा बिक्रम पन्थी सहितको टोली प्रचार अभियानमा लागेको छ।
उनिहरुले देबिस्थान, पेगा, ठुलापोखरा, तोलादी, आरुपाटा, झेंदी, लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। े उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवारहरु के.सी. र पन्थीले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएकाछन। उनिहरुले जनतको मतद्वाराआफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D