कोरोनाजिल्ला समाचार

गुल्मीमा सुत्केरीमा कोरोना संक्रमण, भारतबाट आएका श्रीमानलाई आरडिटी नेगेटिभ, श्रीमतीलाई पिसिआर पोजेटिभ

टोपलाल अर्याल
गुल्मी, ६ असार। गुल्मी दरवार गाउँपालिकामा सुत्केरीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार २१ बर्षकी महिला लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा सुत्केरी भएकी छन् । उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए ।

१४ दिन क्वारेन्टीनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले घर पठाइएको गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । तर श्रीमानको आरडिटी नेगेटिभ आएको ११ दिनपछि श्रीमतिमा संक्रमण देखिएकोले कन्ट्रायाक टे«सिङ्गका आधार परिवारका अन्य सदस्यको पिसिआर गरिने अर्यालले बताए । गर्भवति ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिन अघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पिसिआर रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

अहिलेसम्म गुल्मी दरवार गाउँपालिकामा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ४२ जनामा आरडिटी पोजेटिभ देखिएको छ । भने ४९ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । गुल्मीमा आजसम्म एक सय ७४ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker