gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य

अनिल खत्री
७ माघ, गुल्मी । गुल्मी जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्याएलय गुल्मीले सूचना जारी गर्दै शुक्रवार (आज)बाट जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट प्रवाह हुने सेवा लिनको लागि खोपकार्ड अनिवार्य गरिएको (मोबाइलमा फोटो भएपनि हुने गैरेले बताए । कार्यालयबाट प्रवाह हुने सेवा लिन आवेदन गर्नको लागि प्रत्येक दिन १ः बजेम्मको समय निर्धारण गरिएको छ । सो समय पश्चात आवेदन संकलन नगरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संक्रमण दर दैनिक तिब्र गतिमा बढदै गएको छ ।

हाल जिल्लामा १९४ जना सक्रिया संक्रमित रहेका छन् । दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको छ । संक्रमणलाई मध्य जनर राखेर जिल्लामा २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव गर्नमा जिल्ला प्रशासन कार्यालय गुल्मीले रोक लगाएको छ । जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या १ लाख ३५ हजार ६४६ रहेको छ ।

दोस्रो मात्राको खोप लगाएको संख्या ६२ हजार २४१ रहेको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D