तिलाचन पाण्डे
गुल्मी, २५ साउन । गुल्मी जिल्लामा आर्थिक बर्ष २०७३/७४ मा सबैभन्दा बडी आन्तरिक आय गर्ने रुरु गाउँ पालिकाको रुरु रहेको पाईएको छ ।
साबिकको रुरु गाबिसले आर्थिक बर्ष २०७३, ७४ मा १६ लाख २९ हजार ५ सय ५५ रुपैया आन्तरिक आम्दामी गरेको जिल्ला समन्वय समिति गुल्मीकी स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठले बताउनुभएको छ ।
यता सबैभन्दा कम आन्तरिक आम्दामी गर्नेमा मालिका गाउँपालिकाको साबिकको ह्वाङदी गाबिस रहेको छ, जसले आर्थिक बर्ष २०७३/७४ मा जम्मा १२ हजार एक सय पच्चीस रुपैया आन्तरिक आम्दामी गरेको हो ।
साबिकका गाउँबिकास समितिहरुको आन्तरिक आयका स्रोतहरु भनेको पंञ्जीकरण, सिफारिस तिरो लगायत रहेको पाईन्छ , तर साबिकको रुरु गाबिसले भने आन्तरिक आयमा बृद्धि गर्नुमा उसंग धेरै आय स्रोतहरु रहेका छन्, जसमा रुरु गाबिस संग ढुङगा गिटी बालुवा लगायत रहेको रुरु गाउँपालिकका वडा सचिव राम प्रसाद ज्ञवालीले दावी गर्नुभएको छ ।
जिल्लाका उत्कृष्ट आन्तरिक आम्दामी गर्नेमा रुरु पश्चात दिगाम गाबिस रहेको जसले आर्थिक बर्ष २०७३ /७४ मा २ लाख २३ हजार आन्तरिक आय गरेको छ भने अघिल्लो आर्थिक बर्षमा आठ हजार मात्र आन्तरिक आम्दामी गरेको सत्यावती गाउँपालिकको लिम्घाले यस आर्थिक बर्षमा १ लाख २४ हजार ५सय ५३ रुपैया आन्तरिक आम्दामी गरेको जिल्ला समन्वय समिती गुल्मीले साबिकका गाबिसहरुको समिक्षा कार्यक्रमवाट यस्तो तथ्य आएको हो ।
यता गुल्मी जिल्लाका साबिकका गाबिसहरुले आर्थिक बर्ष २०७३, ७४ मा पराल्मी गाबिस र पुर्कोटदह गाबिसले बाहेक अन्यको शतप्रतिशत बिनियोजीत रकम खर्च गरेका छन् । पुर्कोटदह गाबिसले ३८ लाख ३८ हजार बिनियोजीत रकम मध्ये ३० लाख ९६ हजार खर्च गरेको र पराल्मी गाबिसले भने बिनियोजीत रकम मध्ये ५० हजार मात्र खर्च गर्न नसकको जिल्ला समन्वय समिती गुल्मीले जनाएको छ । साबिकका गाबिसहरुले खर्च गर्न नसकेको रकमलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामै फिर्ता पठाईएको स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।