गुल्मीमा सडक निर्माणमा अनियमितताको प्रश्न उठाएपछि जनप्रतिनिधिको धम्की

गुल्मी, साउन २५ । स्थानीय बाटोमा अनियमितता र बेथिति भएको आशंकासहित प्रश्न उठाएपछि गुल्मीस्थित मालिका गाउँपालिकाका जनप्रतिनिधिले एक शिक्षकलाई धम्काएका छन्। कार्यपालिकाको पूर्ण बैठकमा बोलाएर धम्की दिएको सोहि गाउँपालिकामा कार्यरत शिक्षक कृष्ण घिमिरे ‘चिराग’ले जानकारी गराएको नेपाल लाईभ डट कमले खबर छापेको छ ।

एक करोड १४ लाख रुपैयाँ लागतमा बनेको स्थानीय सडकको दुरावस्था देखेपछि उनले अनियमतिताको प्रश्न उठाएका थिए । गत साल बनेकोे मालिका रिङ्गरोडको करिब एक किलोमिटर सडक खण्डमा बाटोको नामोनिसान नभएको बताइएको छ।

अर्खबाङ माध्यमिक विद्यालयका शिक्षक घिमिरलाई साउन २१ मा गाउँ कार्यपालिकाको बैठकमा बोलाएर धम्काइएको हो । गाउँपालिका अध्यक्ष रितबहादुर थापासहितका जनप्रतिनिधिले घिमिरेले सामाजिक सञ्जालमा लेखेको विषयमा स्पष्टीकरण सोधेका थिए। आम नागरिकले देखेको बेथितिविरुद्ध बोल्न नपाइने यो कस्तो लोकतान्त्रिक व्यवस्था? भन्दै घिमिरेले प्रश्न उठाएका छन्।

विनियोजित खर्चअनुसार बाटो सुधार नभएपछि गाउँपालिका प्रमुख, वडाध्यक्ष र इन्जिनियरकाे कार्यशैलीप्रति स्थानीय असन्तुष्ट बनेका छन्। वर्षामा बाटोको नामोनिसाना नरहने र हिउँदमा मर्मतको नाममा बजेट सक्ने कार्यको स्थानीयले विरोध गरेका छन्। विकास बजेट सक्ने ध्याउन्नमा रहेका जनप्रतिनिधिले उपभोक्ताकाे अनुमति नहुँदानहुँदै पनि रकम खर्चने गरेको स्थानीयको गुनासो छ।

गाउँपालिकाद्वारा सडक विस्तार दिगो विकासको अवधारणालाई लत्याएर गरिएको कांग्रेसको मालिका गाउँपालिका समितिले जनाएको छ। मालिका–८ मा बनेको उक्त बाटोको निर्माण भ्रष्टचार गर्ने अभिष्टले भएको कांग्रेसका गाउँपालिका सभापति चन्द्रकान्त अर्यालले विज्ञप्तिमार्फत जनाएका छन्। नयाँ खोलिएका सडकहरु प्रयोगमा नहुन लज्जाको विषय भएको उनले बताए।

गाउँपालिका अध्यक्ष थापा, वडा ८ का अध्यक्ष टिकाबहादुर जिसी र गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले यस विषयमा बुझ्न खोज्दा फोन उठाएनन् । -नेपाल लाईभ डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ