जिल्ला समाचार

गुल्मीमा सडक नाटक देखाउँदै, स्वास्थ्य चेतना जगाउँदै

रमेश विश्वकर्मा
गुल्मी, फागुन ६ । जिल्लाको मालिका गाँउपालिकाले स्वाथ्य सचेतना मूलक सडक नाटक कार्यक्रम सोमबार देखी सुरु गरेको छ ।

सडक नाटक गांउँपालिकाको वाड नं. ६, ७ र ८ का विभिन्न स्थानमा देखाईएको हो । फागुन ८ गतेसम्म चल्ने उक्त सडक नाटक गाउँपालिकाका सवै वाडमा चल्ने छ ।

गाउँपालिकालाई शून्य होमडेलिभरी अथार्त कोहि पनि घरमा सुत्केरी नहुन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई छिटै शुन्य होमडेलिभरी गाउँपालिका घोषण गर्ने लक्ष्य रहेको र सोहि अनुरुप कार्य गरिरहेको स्वास्थ्य संयोजक बसन्तराज भुषालले बताएका छन ।

उनले भने, ‘यो आ.व.मा वाड नं.६ अर्जैलाई घोषाण गर्न र अर्को आ.व.मा वाड नं. ७ घमिर र ३ ह्वाङ्दी लाई शून्य होमडेलिभरि वाड घोषण गर्ने लक्ष्य रहेको साथै वाड नम्वर ३ ह्वाङ्दीका सबै सुत्केरि घरमा हरियो झन्डा राखिएको र फागुन भित्र सबै वाडका सुत्केरि हुने घरमा हरियो झन्डा राखिने छ ।’

यता सामाजिक विकास समितिका संयोजक तथा वाड नम्वर ६ का वाड अध्यक्ष सोभाखर गिरिले भने–‘२० वर्ष पछिको बौद्धीक गांउँपालिकाको परिकल्पना गरि नाटक आयोजना गरिएको हो ।’

नाटकमा देखाइएको दृश्य मन छुने दृश्यबाट पक्कै पनि प्रभाव पार्न र घरमा कोहि पनि सुत्केरि नहुनेमा आफु विश्वश्त रहेकोे बताउँदै वडा अध्यक्ष गिरीले आफ्नो क्षेत्र स्वास्थ सचेतनामा धेरै पछि रहेको कुरा पनि उल्लेख गरेका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D