कोरोनामुख्य हेडलाईन

गुल्मीमा सक्रिय कोरोना संक्रमितको संख्या ९ मात्र, ३५९ जना निको भएर घर फर्किए

गुल्मी, साउन २९ । गुल्मी जिल्लामा कोरोनाको संक्रमित संख्या ९ जनामा झरेको छ । जिल्लामा कोरोनाबाट संक्रमित जम्मा संख्या ३ सय ६८ जना मध्यबाट संक्रमितको संख्या ९ जनामा झरेको गुल्मी स्वास्थ्य कार्यलय गुल्मीले जानकारी दिएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको कुल सँख्या ३ सय ६८ जना रहेकोमा ३ सय ५९ जना निको भएर घर फर्किएका छन् भने जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

संक्रमित हुनेमा ३ सय ९ जना पुरुष र ५९ जना महिला रहेका छन् । संक्रमित ९ जना मध्य रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा ५ जना छन् भने गुल्मीदरबार गाउँपालिकाको आइसोलेसनमा ४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

अहिले भारत तथा विभिन्न तेस्रो मुलुकबाट आएका १८६ जना पुरुष र ३९ जना महिला जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा रहेको पनि आचार्यले जानकारी दिए ।

जिल्लामा हालसम्म ८१८४ जनाको आरडिटि टेस्ट र २६२२ जनाको पिसिआर टेस्ट गरिएको छ । पिसिआर टेस्ट गरिएकामध्ये ६८ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D