जिल्ला समाचार

गुल्मीमा संचालित श्रीमद भागवत महायज्ञमा एक करोड पचास लाख सङ्कलन

सज्जन ढकाल
गुल्मी, असोज १६ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ छापचौरमा अवस्थित श्री दुर्गा भवन माविमा सर्वसुलभ प्राविधिक शिक्षा सन्चालन गर्नका लागि असोज ९ गते देखि १६ गते सम्म संचालित श्रीमदभागवत महायज्ञको १६ गते समापन समारोह सम्म चन्दादाता माहानुभावहरुबाट अनुमानित एक करोड पचास लाख रकम सङ्कलन भएको छ ।

बिस्तृतमा सबै जानकारी तीनदिन भित्र निकालिने मुल समितिको सचिवालयले जानकारी गराएको छ । हजारौँ स्रदालु भक्तजनहरुको पबित्र धार्मिक कार्यमा दर्शन, पुजा आजा, अराधना र कथा प्रवचन श्रवण गरेका थिए । विशेष गरी श्रीमदभागवत महायज्ञको कथा प्रवचन वाचक प्रविण पन्डित दिनबन्धु पोख्रेल र सहवाचक धुर्व शरण बस्यालले गर्नु भएको थियो ।

ॐकार भजन समुहको जोडदार भजन प्रस्तुती संगै कथा अनुरुपको नाटकिय अभिनयले कार्यक्रमलाई रोचकता प्रधान गरेको थियो । दिवाकालिन कथा प्रवचन दिनबन्धु पोख्रेल र रात्रिकालिन कथा प्रवचन सहवाचक धुर्ब शरण बस्यालले गर्नु भएको थियो ।

प्रत्येक दिन कार्यक्रम बिहान दस बजेदेखि बेलुका पाँच बजेसम्म र पुनः बेलुका आठ बजेदेखि राति ११ बजेसम्म सन्चालन हुने गरेको थियो । उक्त समयमा विशेष गरि भजन प्रस्तुती र रातमा स्थानिय जनसुदायको नाच र उपस्तिथि हुने गरेको थियो । कार्यक्रम अवधी भर स्वदेश तथा विदेशमा रहेर पनि सम्पुर्ण आर्थिक सहयोग गर्नु हुने भक्तजन महानुभावहरुलाइले पुण्य आर्जन गर्नु हुने आयोजक स्रोतले हार्दिक सुभकामना ब्यक्त गरेको छ ।

आर्थिक रकम सहयोग दान गर्ने पबित्र मनहरुलाइ आयोजक स्रोत सु-स्वास्थ्य दृघायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय सुभकामना ब्यक्त गर्नुको साथै रकम सहयोग गर्न कार्यक्रम स्थलमा उपस्थित महानुभावहरुलाइ पन्चे बाजा र स्थानिय झाकिबाट स्वागत गर्ने गरिएको थियो । कार्यक्रम अवधी भर इच्छुक भक्तजनहरुले लाख बत्ती जलाउने, पितृको लागि सराद्ध, बिवाह, ब्रतबन्ध, ग्रहदसा कटाउने, तुलादान गर्ने ब्यवस्था पनि यज्ञ मन्डपमा गरिएको थियो । जस्को लागि आयोजकले न्युनतम मूल्य निर्धारण गरेको थियो ।

कार्यक्रम पुर्णरुपमा सतप्रतिसत सफल र उद्देश्य मुलक भएको महायज्ञ मुल समितिका निर्देशक लोकप्रताव साहले जानकारी गराउनु भयो ।
कार्यक्रमको उदघाटन कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ तमे निबासी हाल भारतको लखनउमा श्री १००८ महामण्डेले स्वर अनन्त विभुसित स्वामी श्री सोमबार गिरि जि महाराजको रुपमा ख्याती प्राप्तका माता डिल कुमारी पौडेलले रिबन काटी गर्नु भयको थियो ।

उक्त महायज्ञ समापनमा नेपाली काङ्ग्रेसका नेता तथा पुर्व सभासद माननीय चन्द्र भन्डारिले गरेका थिए । उक्त कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष महायज्ञ मुल समितिका संरक्षक बेद थापा मगरको पनि उपस्तिथि रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D