गुल्मी । गुल्मी जिल्लामा संघीय समाजवादी फोरम नेपालकाे विभिन्न संगठनहरू विस्तार गरिएकाे छ ।
यही भदाै ३ गते संघीय समाजवादी फोरम गुल्मी जिल्ला तदर्थ समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले दुर्गा सर्तुंगेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
त्यस्तै सोही भेलाबाट शिला सारुको अध्यक्षतामा ७ सदस्यीय समाजवादी विद्यार्थी फोरम, नेपालको जिल्ला कार्य समिति गठन गरेकाे छ ।
साेही भेलाबाट गीता केसीको अध्यक्षतामा समाजवादी महिला फोरमको ९ सदस्यीय जिल्ला समिति पनि गठन गरिएकाे छ ।
भेलामा पार्टीका राजनीतिक समिति सदस्य तथा प्रदेश नं ५ का इन्चार्ज सहसराम यादव, सहइन्चार्ज नविन सुनुवार, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव लगायतको उपस्थिति थियाे ।