gulminews logo
बिहीबार, २०८१ बैशाख २७

गुल्मीमा संक्रमित संख्या २७ पुग्यो, मुसिकोटमा एकै दिन १० जना कोरोना संक्रमित

टोपलाल अर्याल
गुल्मी, १ असार । गुल्मीमा एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार १० जना सवै मुसिकोट नगरपालिकाका हुन् । संक्रमित २८ बर्षका पुरुष, २९ बर्षका पुरुष, ५ बर्षकी बालिका, २६ बर्षकी महिला, ३० बर्षका पुरुष र १८ बर्षका पुरुष रहेका छन् ।

त्यस्तै २० बर्षका पुरुष, १७ बर्षका पुरुष, २१ बर्षका पुरुष र २४ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको आचार्यले जानकारी दिए । उनले संक्रमित १० जना मध्ये तीन जनाको बिहान र अहिले सात जना रिर्पोट प्राप्त भएको बताए । १० जना नै एउटै क्वारेन्टाइनमा बसेका हुन् । अहिलेसम्म जिल्लामा २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

अहिलेसम्म रुरुक्षेत्र गाउँपालिकामा तीन, रेसुंगा नगरपालिकाका तीन, छत्रकोट गाउँपालिकाका एक, धुर्कोट गाउँपालिकामा तीन, सत्यवती गाउँपालिकाका चार, मदाने गाउँपालिकामा दुई र चन्द्रकोट गाउँपालिकाका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ती मध्ये दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भने दुई जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D