जिल्ला समाचार

गुल्मीमा शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिईयो, ३ समुहलाई ५ लाख रुपैँयाका दरले ऋण

अनिल खत्री
२६ जेठ, गुल्मी । गुल्मीमा शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई व्यावसायीक ऋण दिइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले शनिवार एक कार्यक्रमको आयोजना गरेर जिल्लाका ३ वटा युवा समुहलाई प्रति समुह ५ लाखका दरले ऋण दिइएको हो ।

ऋण पाउने समुहहरुमा इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समुह छत्रकोट गाउँपालिका १, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समुह मुसिकोट नगरपालिका ७ र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समुह कालिगण्डकी गाउँपालिका ६ समुह रहेका छन् । कार्यक्रममा समहुका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर दिएर हस्तातरण गरेका थिए ।

बिना धितो रकम हस्तातरण गर्दै समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सरकारको पैसा भनेर केहि नगरि अन्यात्रा खर्च गर्न नहुने बताए । युवाले केहि गर्नु पर्छ भनेर सरकारले त्यसको लागि व्यावसायीक ऋण दिएकाले सहि सदुपयोग गरेर अगाडी वढनु आग्रह गरे । उनले यस रकमबाट केहि गरेर पछी आफु आत्मा निर्भर बन्न सकिने हुँनाले सहि सदुपयोगमा जोड दिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चक्रपाणी पन्थी, नागरिक समाज अध्यक्ष पदम पाण्डे,मैत्री सहकारी संस्था गणेश बिश्वकर्माले राज्यबाट आएको पैसा मिनाहा हुन्छ भन्ने सोच मनमा भए त्यागेर केहि गर्ने उदेश्यले रकम लैजान आग्रह गरे । सरकारले बिना धितो दिएको ऋण तोकिएको समयमा कुनैपनि हालतमा फिर्ता गर्नु पर्ने भएकाले उदेश्य अनुरुप काम गरेर फाइदा लिन आग्रह गरेका थिए ।

व्यावसायीक ऋण लैजाने समुहहरुले व्यावसायिक गाई पालन गर्ने, कुखुरा बंगुर पालन गर्ने र कुखुरा र तरकारी पालन गर्ने उदेश्यले युवा समुहले ऋण लगेको जिल्ला युवा समिति गुल्मीका कार्यालयका प्रमुख लोकनाथ मरासिनीले बताए । सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्रको धितोमा राखेर युवाहरुलाई ऋण दिने कार्यक्रम गुल्मीमा कार्यान्वयन चरणमा आएको छ ।

युवालाई केहि गर्ने उदेश्यले ५ वर्ष सम्म बिना जमानत ऋण दिइएको कार्यालयकी कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले जानकारी दिइन् । युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो ।
जस अन्तरगत प्राप्त व्यवसायीक प्रस्तावहरु मध्येवाट पाँच वटा छनौटमा परेको जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए । यो कार्यक्रमले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य बोकेको कार्यालय जनाएको छ ।

समितिले रोजगारीको खोजीमा दिनानुदिन विदेशीदै गरेका युवाहरुको क्षेत्रमा सिप मुलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगार का अवसरहरु सिर्जना गर्ने उद्येश्य राखेको अध्यक्ष कुँवरले बताए । जिल्ला युवा समितिको गुल्मी १५ जना युवाहरुको लागि एक महिना सम्म जिप कार ड्राभिभ तालिम समेत सुरु गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D