गुल्मीमा शुरु भयो जिल्ला विपद प्रतिकार्य समूह तालीम

गुल्मी । गुल्मीमा ‘जिल्ला विपद् प्रतिकार्य समूह तालीम’ सुरु गरिएको छ। जिल्लामा विपद्को समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालीम सञ्चालन गरिएको हो।

सोमबारदेखि साउन १२ गतेसम्म ६ दिन सञ्चालन हुने उक्त तालीममा जिल्लाका १२ वटै स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनालाई तालीम दिएको हो।

तालीममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइदै आएको छ। प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुने तालीममा बताइएको छ।

नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका सभापति अनुप कुमार श्रेष्ठको सभापतित्वमा आजै विहान सम्पन्न उद्घाटन समारोहमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन कार्यक्रममा, प्रहरी उपरीक्षक, गुल्मपति, शसस्त्र प्रहरी नायव उपरीक्षकको समुपस्थिति रहेको थियो।

नेपाल रेडक्रसद्धारा सञ्चालित विपद् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्र्तगत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए।

तालीममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ। सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा, डिवि पछाई र कृष्ण खनाललाई प्रशिक्षणको जिम्मा दिइएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ