जिल्ला समाचार

गुल्मीमा शिबिर राखेरै व्यवसायीको कर संकलन, पहिलो दिनै ५ सय ब्यवसायीले सेवा लिए

अनिल खत्री
१७ साउन, गुल्मी । गुल्मीमा शिबिरबाट व्यवसायीको कर संकलन गर्न सुरु भएको छ । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले जिल्लाको सदरमुकाम तम्घासमा शिबिरबाट कर संकलन गर्न सुरु गरेको हो ।

शुक्रवार र शनिवार २ दिनसम्म तम्घासमा बिभिन्न व्यवसायीहरुको राजस्व तथा आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको कार्यालयबाट हुने सेवाको लागि शिबिर राखिएको कर अधिकृत सागर पोखरेलले बताए । शिबिरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत पोखरेलले बताए ।

पहिलो दिन झण्डै ५ सय व्यवसायीहरुले बिभिन्न सेवा लिएका छन् । गुल्मी जिल्लाबाट व्यवसायीहरुले आफनो कर तिर्न तथा राजस्व सम्बन्धी काम गर्न पाल्पा बुटवल जानुपर्ने बाध्यता रहेको छ । तर तम्घासमै सेवा पाउँदा व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

वर्षातको समयमा बाहिर जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् । शनिवारसम्म चल्ने शिबिरमा कार्यालय प्रमुख पोखरेलसँगै रमा ज्ञवालीले संकलन गरेका हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D