जिल्ला समाचार

गुल्मीमा शिक्षक–विद्यार्थीबीच कुटाकुट, एक घाइते

गुल्मी । गुल्मीको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच सामान्य विवादपछि झगडा भएको छ । बुधवारदेखि जिल्लाको सदरमुकाम तम्घासमा संचालन हुन लागेको अनेरास्ववियु फुटबल कप–२०७५ मा विद्यार्थीहरू भाग लिन सदरमुकाम तम्घास जान पाउनु पर्ने माग विद्यार्थीहरूले राखेपछि विद्यालय प्रशासन र विद्यार्थीहरू बीच विवाद शुरु भएको हो ।

अनेरास्ववियु फुटबल कप–२०७५ मा विद्यालयका विद्यार्थीहरू सदरमुकाम तम्घास जान पाउनु पर्ने र सम्पूर्ण विद्यार्थीहरूको खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरूबीच विवाद उत्पन्न भएको हो । प्रधानाध्यपकसँग विद्यार्थीहरूले खेलकुदमा भाग लिन पाउनुपर्ने र खर्च सबै विद्यालयले बेर्होनुपर्ने मागमा विषयमा शिक्षक र विद्यार्थीहरूबीच विवादपछि कुटपिट भएको हो । कुटपिटबाट कक्षा १० मा अध्यनरत विद्यार्थी नविन अर्याल घाइते भएका छन् । अर्यालको शरीरका विभिन्न भागमा निल डामहरू रहेको र टाउकोको असर पुगेको भन्दै उनलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

अनेरास्ववियु फुटबल कप २०७५ मा विद्यार्थीहरू भाग लिन सदरमुकाम तम्घास जान पाउनु पर्ने विद्यार्थीहरूको जायज मागमा शिक्षक र विद्यार्थीबीच उत्पन्न विवादले चर्को रूप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरूलाई छलफलका लागि विद्यालयमा बोलाएको थियो । तर अभिभावक विद्यालय नपुग्दै विद्यालयका शिक्षकले कक्षाकोठामा थुनेर विद्यार्थी कुटपिट गरेको अभिभावकले गुनासो गरेका छन् ।

बुटवलमा रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीराम अर्यालका अनुसार विद्यार्थीहरूलाई खेलकुदमा भाग लिनका लागि पठाउनुपर्ने कुरामा शिक्षकले विद्यार्थी कुटपिट गर्नु राम्रो नभएको बताए । यस विषयमा विद्यालयको प्रशासन चलाउने प्रधानाध्यापकको महत्वपूर्ण हात हुन्छ उनले भने ‘विद्यार्थीहरूलाई सम्झाइ बुझाई गरेर खेलकुदमा सहभागी हुन पठाउनु पथ्र्यो ।’ उनका अनुसार प्रधानाध्यापकले विवाद समाधान गर्नुपर्नेतिर नलागेर झन कुटपिट गरेर विद्यार्थी घाइते हुनेगरी कुटपिट गर्नु नहुने बताए ।

पाल्पामा उपचार गराउन पुगेका विद्यार्थीको अवस्था सामान्य रहेको अर्यालले बताए । खेलकुदमा सहभागीका लागि विद्यार्थीहरू पठाउनुपर्ने प्रधानाध्यपकले विद्यार्थीहरू र शिक्षकहरूबचि विवाद बनाएकोप्रति अभिभावकहरू समेत शिक्षकहरूसँग थप आक्रोशित बनेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D