जिल्ला समाचार

गुल्मीमा शिक्षकहरुको महासंघ गठन

प्रेम सुनार
गुल्मी, जेठ २६ । ५ नम्वर प्रदेश अन्तर्गत गुल्मी जिल्लामा विभिन्न राजनैतिक दल निकट संगठनमा आवद्ध भएर छरिएका शिक्षकहरुले छाता संगठनका रुपमा आज नेपाल शिक्षक महासंघ गठन गरेका छन् ।

जिल्लाका विभिन्न राजनैतिक दलका ६ वटा शिक्षक संगठन जुटेरी आज घोषणा सभा गरेका हुन । केन्द्रबाट देशैभर प्रदेश, जिल्ला हुँदै गाउँ स्तर सम्म महासंघको संरचना बनाउने निर्णय अनुसार गुल्मी जिल्लामा पनि भव्यताका साथ जिल्ला स्तरिय महासंघ घोषणा गरिएको हो ।

महासंघको अध्यक्षमा तत्कालिन नेकपा एमाले निकट शिक्षक संगठनका अध्यक्ष रोहितप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

सहध्यक्षमा तत्कालिन माओवादी केन्द्र निकट शिक्षक संगठनका उपाध्यक्ष गुणादेव सिंजाली निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा तारा महत, जनकलाल कँडेललाई निर्वाचित गरिएको छ ।

महासचिवमा नेपाली कांग्रेस निकट शिक्षक संघका हिरासिंह सारङ्गकोटी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तत्कालिन एमाले निकट रामकृष्ण कँडेल र सह–सचिवमा तत्कालिन माओवादी केन्द्र निकट सुशिला गौतम निर्वाचित भएकी छन् । संस्थागत सह सचिवहरुमा थानेश्वर खनाल , तेजेन्द्र खड्का , सविता आर्चाय र अर्थ सहसचिवमा भेषराज खनाल निर्वाचित भएका छन् ।

पदाधिकारी देखि सदस्य सम्म राजनैतिक रुपमा सन्तुलन मिलाई महासंघ निमाण गरिएको नवनिर्वाचि महासचिव सारङ्गकोटीले जानकारी दिए । सदस्यहरुमा कृष्णबहादुर जिसी, शंकर भण्डारी, रामचन्द्र सापकोटा, ईस्वरीप्रसाद अर्याल, कृष्ण सुर्यबंशी, डिलाराम न्यौपाने, खिमबहादुर बुढाथोकी, दुर्गाप्रसाद आचार्य, गुणाखर अर्याल, कृष्ण ढकाल, मोती महत निर्वाचित भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D