जिल्ला समाचार

गुल्मीमा शसस्त्र प्रहरीले उपभोक्तालाई सिमा रेखा तोकेयो

अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मीमा शसस्त्र प्रहरी वल गुल्मले अत्याबश्यक उपभोग्य सामाग्री किन बेच गर्ने उपभोक्तालाई सिमा रेखाङकन तोकेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन भन्दै जिल्लामा रहेका शसस्त्र प्रहरी वल (३७) नम्बर गुल्म गुल्मीले उपभोक्तालाई सामाग्री किन्न जाँदा रेखाङकन गरेर सिमा तोकेको हो ।

जिल्ला सदरमुकाम तम्घासमा रहेका पसलहरु अगाडी अत्याबश्यक सामाग्री किन्ने उपभोक्तालाई सिमाङकन रेखामा बसेर किन्न को निम्त तयार गरिएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बिनोदराज खनालले बताए । अत्याबश्यक सामाग्री किन्न जाँदा भिड भाड नगरि तोकिएको सिमा रेखामा बसेर सामाग्री लिनको निम्ती प्रहरीले पसल अगाडी सिमाङमन रेखा बनाएको हो । नागरिकलाई घर भित्रसुरक्षित तरिकाले बस्न र कोरोना भाइरसबाट जोगिनको निम्ति सचेतना पनि दिँदै पसल अगाडीरेखा तयार गरिएको खनालले बताए ।

भिडभाड र एक आपसमा नजिकै भए कोरोना भाइरस सर्ने भएकाले अत्याबश्यक सामाग्री किन्ने उपभोक्तालाई मुख्य पसल अगाडी सिमा रेखा तयार गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन प्रहरी नायव उपरिक्षक खनालले आग्रह गरे ।

सशस्त्र प्रहरी वल गुल्मले जिल्ला सदरमुकाम तम्घासको प्रबेशद्धार देउरालीमा हेल्प डेक्स समेत राखेको छ । जिल्ला सदरमुकाम प्रबेश गर्नेको स्वस्थ्य जाँच गर्नको निम्ति हेल्प डेक्स स्थापना गरिएको डिएसपी खनालले बताए । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप जिल्लामा आफना गतिबिधीहरुलाई बढाएको छ ।

सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन

बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए ।
तर जिल्लामा बिवद कोषको स्थापना गरिएको छ्रैन् । पालिकाहरुले आफनो बिपद कोष रहेता पनि छुट्टै संयुक्त कोष भने स्थापन भएको छैन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D