gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा व्यक्तिका गाेठ र बारीमा काम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार

गुल्मीन्युज
गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई व्यक्तिका गोठ र बारीको काममा खटाएको पाईएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई व्यक्तिका गाई फर्म र कृषि फर्ममा काम गर्न खटाएको हिमाल खबर डट कमले खुलासा गरेको छ ।

यो पनि पढ्नुस्: धुर्कोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु: एक महिनाका लागि रोजगार, ज्याला दैनिक ५१७ रुपैँया

हिमाल खबरका अनुसार गाउँपालिकाले १५ जनालाई ७ वडामा विभिन्न व्यक्तिका फर्महरुमा काम गर्न खटाएको हाे । व्यक्तिगत फर्ममा काम गर्नेहरुलाई फर्म मालिकले गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएका छन् ।

यो पनि पढ्नुस्: गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झण्डै चार करोड रुपैँया, यसरी छनौट गरिन्छ कामदार?

वडा नम्बर ४ जैसिथोकका रामप्रसाद पोखरेलले नेकपा धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने काम पनि गरेकाे बताए । “छनाेट भएपछि तपाई गोपाल कुँवरकोमा जानुस् भनेर अध्यक्षले पठाउनुभयो”, उनले भने, “उहाँको गाईगोठमा गाेबर फाल्ने, घाँस ल्याउने र बारीमा टनेल बनाउनका लागि खन्ने काम गरेको छु ।”

यो पनि पढ्नुस्: गुल्मीको दुर्गम गाउँमा पुगे अमेरिकन पर्यटकहरु, रमाए स्थानियसँगै (फोटोहरु)

राेजगारी दिनेले नै पठाएपछि आफूले व्यक्तिकाे गाेठमा गाेबर फाल्ने काम गर्नुपरेकाे उनकाे गुनासाे छ । फर्म सञ्चालक कुँवर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन् ।

श्रम मन्त्रालयले तयार पारेकाे कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि, २०७६ मा विभिन्न आठवटा क्षेत्रहरुलाई प्राथमिकता दिएर कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधिको दफा ३ (९) मा सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसरफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजनाहरुमा खटाउने व्यवस्था छ । तर व्यक्तिगत फर्महरुमा काममा लगाउन नमिल्ने श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुस्: बुढेसकालमा १६ वर्ष कान्छीसँग विवाह, नातिनातिना बने हजुरबाको जन्ती

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले कृषि तथा पशुपलानकाे क्षेत्रमा १५ जना कामदार खटाएकाे स्वीकारे । तर गोठमा काम गर्न नपठाएको उनकाे भनाइ छ । “फर्ममा सिँचाई, कुलो, आकाशे पानी संकलन लगायतकाे काम गर्न पठाएको हो ”, उनले भने ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D