गुल्मीमा विद्युत महशुल नबुझाउने ४४ जना ग्राहकको लाइन काटियो

गुल्मी, माघ १५ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महशुल नबुझाएका तम्घासका ४४ जना ग्राहकको लाइन काटेको छ।

विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका अनुसार विद्युत महशुल नबुझाउने ४४ जना ग्राहकहरूको लाइन काटिएको र उनीहरूबाट पाँच लाख ९६ हजार ५५५ रुपैयाँ ५ पैसा बक्यौता बुझाउनुपर्ने देखिएको थाहा खबरले समाचार छापेको छ ।

४४ जना ग्राहकहरूको लाइन काटिएपछि २७ जना ग्राहकहरूले बक्यौता भुक्तानी गरी लाइन जडानका लागि निवेदन दिएकाले जडान गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख ईश्वरकुमार श्रेष्ठले जानकारी दिए।

२७ जना ग्राहकहरूबाट तीन लाख १२ हजार १९० रुपैयाँ ६९ पैसा असुल भएको आय फाँटले जनाएको छ। ग्राहकहरूले महशुल बझाए पश्चात लाइन जोडिदिन निवेदन दिनुपर्ने र सोही अनुसार प्रकृया पूरा गरी लाइन जोडिने कार्यालयले जनाएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ