जिल्ला समाचार

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

सन्तोष महतारा
गुल्मी, ०६ फागुन। गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिको आयाेजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले जानकारी दिए ।

तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ ?

भन्दै विद्यार्थीहरुका लागि स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ । विद्यालयमा विद्यार्थी अत्याधिक बिरामी भइरहने भएकाेले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयाेजना गरिएकाे रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए ।
हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता लगाउन सहज हाेस भन्ने हिसाबले पनि यस्तो स्वास्थ्य सम्बन्धि कार्यक्रम विद्यालयमा सुरु गरिएको हो ।

शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि रुपमा रहेका नेपाल नेत्र ज्याेति संघ जिल्ला कार्यसमिति गुल्मी का सभापति शेर बहादुर थापाले यस्तो स्वास्थ्य शिक्षाले दिर्घकालिन फाइदा पुग्ने बताए । उनले यो कार्यक्रमले धेरै राेगबाट बच्न सकिने भन्द‌ै यो घरघरमा पुराउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । सानै गल्तीले ठुलो राेग लागेर ज्यान समेत जान सक्ने भन्दै यस्ताे कार्यक्रमको अत्यन्त आवश्यक रहेको बेला रेसुङ्गा हस्पिटल प्रा.लिले सुरु गरेकोमा खुसी लागेको प्रमुख अतिथि थापाले बताएका थिए ।

तत्काल लाई तम्घास भित्रका सबै विद्यालयमा यो कार्यक्रम गरिने छ । गाउँ गाउँमा पनि सामाजिक संघसंस्था सँग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरिने रेसुङ्गा हस्पिटल प्रा.लिले जनाएको छ ।कार्यक्रममा बिशिस्ट अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष नबराज भुषालले विद्यालय स्तरमा यस्तो कार्यक्रम गरिनु धेरै राम्रो भएको बताए । हरेक विद्यार्थी स्वस्थ भए ऊ पढ्न लेख्न र दिमागी ज्ञानमा पनि अब्बल बन्ने भन्दै यस्तो कार्यक्रमले हरेक नागरिक स्वस्थ बन्न सहयोग पुग्ने अध्यक्ष भुषालकाे भनाइ रहेको थियो ।

पहिलोपटक तम्घासमा र त्यसपछि नगरपालिकाका विद्यालय भित्र साथै गाउँगाउँमा पनि स्वास्थ्य शिविर संचालन सुरु गरिने बताइएको छ ।

विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा रेसुङ्गा हस्पिटलका डा.जिबन थनेत र मेडिकल सुपेरिटेन्ट विपिन भण्डारीले सहजकर्ताको भूमिका निभाउने संचालक समिति अध्यक्ष भलामीले बताए ।
रिडर्स पब्लिक हाई स्कुलबाट सुरु भएको यो कार्यक्रम अन्य विद्यालयमा लगत्तै सुरु गरिने छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker