गुल्मीमा वडा अध्यक्ष द्धारा आफ्नो तलबभत्ता वाट सुत्केरी पोषण भत्ता सुरु

कमल पौडेल
१९ बैसाख २०७६, बागलुङ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदिका वडा अध्यक्ष खड्क वहादुर खड्काले आफ्नो तलव भत्तावाट सुत्केरी आमाहरुलाई पोषण खर्च उपलब्ध गराउन सुरु गर्नुभएको छ। आफ्नो कार्यकालभर बडा भित्रका प्रति सुत्केरी महिला १ हजार पोषण खर्च उपलब्ध गराउने वडा अध्यक्ष खड्काले वताउनुभयो।

पोषण खर्च कुर्घा स्वास्थ्य चौकीवाट उपलब्ध गराइने जसको लागी १० हजार रुपैया पेश्की स्वरुप प्राप्त भैसकेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ। वडा अध्यक्ष खड्काले गरिविबाट पिल्सीएका परिवारमा राहत होस् भनेर सुत्केरी पोषण कार्यक्रम सुरु गरेको बताउनु भएको छ। खड्काले तलव भत्ता सामाजिक क्षेत्रमै खर्च गर्ने चुनावी वाचा पुरा गर्ने र आवश्यकताका आधारमा थप कार्यक्रम पनि संचालन गर्ने बताउनु भएको छ।

खड्काको कामले घरमै सुत्केरी गराउने संख्यालाई जिरो बनाउन सहयोग पुग्ने मुनपा स्वास्थ्य शाखा प्रमुख जिसिले बताउनु भएको छ। मुसिकोट नगरपालिकाले मातृशिसु मृत्यू शुन्य गराउन नगरपालिका भर गर्ववती र सुत्केरी महिलाको लागि ६ ओटा एम्बुलेन्स मार्फत निशुल्क सेवा सञ्चालन गरेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ