जिल्ला समाचार

गुल्मीमा लागु औषध विरुद्ध अन्तरकृया सम्पन्न

सन्तोष महतारा
असार १३, गुल्मी । गुल्मीमा लागु औषध तथा दुर्ब्यसन विरुद्ध सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजना तथा नेपाल आदीवासी पत्रकार महासंघ केन्द्रिय कार्यलय ललीतपुरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा लागु औषधको प्रयोग,यसको असर तथा यसबाट बच्न सक्ने उपाय लगायतका बिषयमा छलफल भएको थियो । साथै जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुवंरले लागुऔषधको बारेमा जिल्लाको गतिविधी बारे जानकारी गराएका थिए । उहाँले समग्र गुल्मीमा लागुआैषधकाे अबस्था, यसको प्रयोग र यसको न्युनिकरण गर्ने लगायतका कुराहरु कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी, समाजसेवी, विभिन्न राजनितिक दलका प्रतीनीधीहरुले आफ्ना धारणा समेत राखेका थिए ।

गुल्मीमा यो आर्थीक वर्षमा लागु औषध विरुद्ध सात जनालाई मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यलय गुल्मीकाे तथ्यांकमा उल्लेख गरिएको छ । कार्यक्रम गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न भएको हाे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D