गुल्मीमा लगातार हिमपात, जनजीवन प्रभावित

शिवलाल सुवेदी
गुल्मी । गुल्मीका उच्च भूभागमा लगातार बाक्लो हिमपात भएको छ । लगातारको हिमपातले गुल्मीको जनजीवन प्रभावित बनेको छ । शनिवारदेखि जिल्लाका उच्च भुभागमा वाक्लो हिमपात भइरहेको छ ।

यि पनि पढ्नुहोस्:
गुल्मीमा भारी हिउँ पर्दा यस्तो देखियो, हेर्नुस् १२ तस्बिरमा
फोटो फिचर: गुल्मीको रेसुङंगा सहित उच्च भूभागमा हिमपात, हिउँ खेल्न जानेको घुँईचो

हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कङ्केदेउराली, सैरे, मालिका गाउँपालिकाको मालिकालेक, अर्खवाङ्ग, चन्द्रकोट गाउँपालिकाको दिवु्रङलेक, टिमुरे क्षेत्र, ग्वाघा, सत्यवती गाउँपालिकाको भार्सेको लेक, ठुलोलुम्पेक, मुसिकोट नगरपालिकाको थाप्लेको लेख, कुर्घा, अलाङकोट लगायतका क्षेत्रहरु सेताम्ये भएका छन ।

भदौदेखि पानी नपरेका कारण दुखीत भएका किसानहरु वर्षासगै हिमपात हुँदा रमाएपनि वृद्धवृद्धा, बालबालिकाहरुलाई भने सास्ती भएको छ । चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिउ परेपछि कृषकहरू खुशी भएका छन् ।

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्ती र डाडाँहरुमा हिमपात भएको कृषि ज्ञान केन्द्र गुल्मीले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ