gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

गुल्मीमा लकडाउन अवधिमा १६ जनाद्धारा आत्महत्या: ८० बर्षे बृद्धले समेत बिष पिए

टोपलाल अर्याल
गुल्मी, ६ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारका ८० बर्षीय बृद्ध कर्ण बहादुर वस्नेतले शनिबार मुसा मार्ने बिष सेवन गरेर आत्महत्या गरे । त्यतिकै पनि अन्तिम अवस्था भएका व्यक्तिले के सोचेर आत्महत्या गरे केहि खुलेको छैन् । कालिगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका ७० बर्षीय ओम बहादुर र श्रीमति ६९ की खिमकला सार्कीले नयाँ बर्षकै दिन एउटै पासोमा आत्महत्या गरे । त्यो पीडाले एक छोरा र तीन छोरीको परिवार अहिलेसम्म बिक्षिप्त छन् ।

सामान्य अवस्थामा जिविकोपार्जन गरिरहेको दम्पतिलेनै आत्महत्या गर्नुको कारण पनि खासै छैन । गत शुक्रबार पनि मदाने गाउँपालिका २ बाँझकटेरीका २३ बर्षीय लिला बहादुर झाँक्रीले पनि रुखमा झुण्डिएर आत्महत्या गरे । परिवारका अनुसार आत्महत्या गर्ने कुनै कारण छैन् । तर के सोचेर आत्महत्या ग¥यो ? शोकाकुल परिवारमा सन्नटा छाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यो लडडाउनकै अवधिमा मात्रै १६ जनाले आत्महत्या गरेका छन् । जसमा पाँच पुरुष, तीन महिला र चार बालिका झुण्डिएर, दुई पुरुष र एक बालकले बिष सेवन गरेर र एक पुरुष टयाङकी डुवेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । साथै लकडाउन पहिले ४८ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यो आर्थिक बर्षको १० महिनामा ६४ जनाले आत्महत्या गरेको पुनले जानकारी दिए । गत आर्थिक बर्षमा बिष पिएर पाँच, झुण्डिएर ४८ र खोलामा हाम फालेर एक जनाले आत्महत्या गरेका थिए । भने आर्थिक बर्ष ०७४÷०७५ मा बिष पिएर तीन, झुण्डिएर ५३ र खोलामा हाम फालेर एक जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले आत्महत्याको एउटै कारण नहुने बताए । उनले उमेर ढल्केकाहरुसंग बितृष्णा, एक्लोपन र दिर्घरोग लगायतका कारण देखिएका छन् । साथै केहि बिबाहित जोडीमा पारिवारीक खटपट र युवायुवतिमा माया प्रेमको असफलता अन्तिममा आत्महत्यामा परिणत हुने गरेको खड्काले बताए । लकडाउन अवधिमा मात्रै नभएर अन्य समयमा पनि मर्ने दर बढि भएकाले लकडाउन पछिको निराशा, बितृष्णा र खाली समयका कारण आत्महत्याको सोचलाई भने थप बल पुगेको हुनसक्ने बताए ।

मानसिक रोग बिशेषज्ञ डाक्टर मनोज ढुंगानाले भने आत्महत्याको प्रमुख कारण डिप्रेसन भएको बताउँदै आएका छन् । उनले धेरै आत्महत्या योजना र आवेकबाट हुने भएकाले आर्थिक सामाजिक भुमिकाले अझै प्रभावित पार्ने बताए । आत्महत्या धेरै जस्तो व्यक्तिगत समस्याका कारण हुने गर्दछ । आत्महत्याको संकेतहरु अधिकांशले पहिलेबाटै गर्ने भएकाले पत्ता पाउने बित्तिकै सहजीकरण गरे घटना रोक्न पनि सकिने ढुंगानाले बताए । उनले बेलाबखतमा मानसिक स्वास्थ्य सचेतना आवश्यक रहेको औल्याए । ‘निराशाजनक अभिव्यक्तिनै आत्महत्याको पहिलो संकेत हो,’उनले भने,‘ त्यसलाई व्यक्तिको कम्जोरी नठानेर उपचार खोज्नु उत्तम बिकल्प हो ।’

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D