जिल्ला समाचार

गुल्मीमा राहदानी लिने घटे अपराध वढे

अनिल खत्री
१२ साउन, गुल्मी । गुल्मीमा आर्थिक वर्ष ०७६÷०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ । तर सामाजिक अपराधका घटनाहरुमा भने बृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्बजनिक गरेको वार्षिक प्रगती प्रतिबेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहहदानी लिएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्षमा १ करोड ६४ लाख ४५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ५ जनाले राहदानी लिएका थिए ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ५७ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यस वर्ष कोरोना भाइरसको संक्रमणको लागि चलेको लड डाउनको प्रभावले बिदेश जान बनाइने राहदानी र राजस्वरमा कमी आएको हो । प्रशासनले एक वर्षका उपलब्धी र आगामी कार्य योजना बारे सार्बजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

जसको लागि प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकका कामहरुलाई सहजता ल्याउन प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरेका थिए ।

त्यस्तै केहि महिना पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रशासनमै स्तनपान कक्ष समेत स्थापना गरेका थिए । जसले गर्दा हाल प्रशासनमा सेवा लिनेहरु अलमल गर्नु पर्ने कसैलाई भनसुन गर्नुपर्ने बिकासको अअत्य गरिएको छ ।

प्रशासनले बिभिन्न शिर्षकमा १ करोड ६७ लाख ३ हजार ७ सय ९५ रुपैयाँ राजस्वर संकलन भएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा २ करोड ६२ लाख, ८१ हजार ३ सय १० रुपैयाँ राजस्वर संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा बिभिन्न शिर्षकमा उठने राजस्वमा आदा भन्दा वढि कमी आएको छ । प्रशासनले राहदानी, संघ संस्था दर्ता वापत, संघ संस्था नविकरण, हातहतियार नविकरण, प्रशासनीक दण्ड जरिमाना, न्यायीक दण्ड जरिवाना, अन्य जरिवाना, सरकारी सम्बपतीको बिक्रीबाट, परिक्षा शुल्क जस्ता शिर्षकमा राजस्व संकलन गरिएको हो ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा भने बृद्धि आएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा अपराधिक घटनाहरु १६१ वटा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा १३३ वटा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

अपराधको प्रमुख कारण घरेलु मदिराले जसका कारण घरेलु हिंसा, कुटपीट, चोरी, जवरवस्ती करणी साथै पारिवारीक बिचलनका घटनामा बृद्धि हुँदै गइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

सामाजिक अपराध, आत्म हत्या, लागू औषध दुव्र्यसन, सवारी दुर्घटना, मानव वेचविखन तथा ‍ओसारपसार, जुवातास लगायतका समस्याको न्यूनिकरणमा चुनौति रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । लागु औषध दुव्यर्सन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटनामा न्यूनीकरण, महिला तथा बालबालिका बिरुद्धको अपराध, आत्म हत्या तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D