जिल्ला समाचार

गुल्मीमा राखियो नेकपा एमालेको साइनबोर्ड

अनिल खत्री
२५ फागुन, गुल्मी । गुल्मीमा नेकपा एमाले पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्ला स्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा साइनबोर्ड राखिएको अनेरास्वबियूका केन्द्रिय सचिवालय सदस्य काशीराम पाण्डेयले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हो । सर्बोच्च अदातलको फैसलाबाट पुनःस्थापित नेकपा एमाले भएपछि जिल्ला पार्टी कार्यालयमा एमालेका नेता तथा कार्यकर्ताहरुले खुसियालीका दिपावली समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेपछि गुल्मीमा एमालेको पार्टी कार्यालयलाई मुख्य कार्यालय मानेर कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । जिल्लमा रहेका दुइ निर्वाचन क्षेत्रमा एमालेबाट निर्वाचित संघिए सांसद रहेका छन् ।

दुई सांसदमध्ये परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री केपी ओली पक्षमा थिए । भने गोकर्ण बिष्ट प्रचण्ड माधव पक्षमा थिए । तर एमाले पार्टी पुनःस्थापना भएपछि दुबै एउटै पार्टीमा रहने छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D