कृषीजिल्ला समाचार

गुल्मीमा यो बर्ष सुन्तला उत्पादनमा बृद्धि

गुल्मी, २२ पुस
गुल्मीमा यो बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । गत बर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा बृद्धि भएको हो । अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत बर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत बर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो भने अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नबराज भण्डारीले जानकारी दिए ।

उत्पादकत्व गत बर्ष १०.७५ मेट्रिक टन र यो बर्ष ११.२० मेट्रिक टन उत्पादकत्व रहेको छ । यो बर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा बृद्धि, फल पातलो भएपनि फलको आकार ठुलो भएको, बगैचा व्यावस्थापनमा सचेतना बढ्नु, मौसम अनुकुल हुनु र फल्ने बोटको संख्यामा बृद्धि भएको भण्डारीले बताए । अहिले करिव १० करोड ८० लाख सुन्तलाबाट आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाका सवै पालिकामा सुन्तला खेति गरिएको छ । तर, उत्पादनको हिसावले पकेट क्षेत्र निर्धारण गरिएको छ ।

मुसिकोटको ददल्का, सत्यवतिको लिम्घा, भार्से र ठुलो लुम्पेक, कालिगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् । भण्डारीका अनुसार गुल्मी दरवारको गौडाकोट, जुभुंग, रेसुंगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D