gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा युवाहरुलाई निःशुल्क इलेक्ट्रिसीयन तथा कुक तालिम

सूर्य सुनार
गुल्मी, फागुन १९ । तुराङ्ग बहुप्राविधिक शिक्षालय चन्द्रकोट ८ गुल्मीले निःशुल्क इलेक्ट्रिसीयन तथा किचन सहयोगि कुक तालिम सदरमुकाम तम्घासमा शुभारम्भ गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्धघाटन गर्दै शुभारम्भ गर्नुभएको हो । बैदेशिक रोजगार बोर्डको सचिवालय सँगको सहकार्यमा तुराङ्ग बहुप्राविधिक शिक्षालय चन्द्रकोट ८ गुल्मीको आयोजनामा एक महिने निःशुल्क तालिम युवाहरुलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले जब सम्म युवाहरुलाई स्वदेशमै रोजगार दिन सक्दैनै तब सम्म देशको विकास भएको भन्न नसकिने बताउनुभएको थियो । नेपालका युवाहरुको श्रम अन्य मुलुकमा खर्च भएर अन्य राष्ट्र विकासित हुँदै गएको उल्लेख गर्नुभयो ।

स्वदेशमै रहेका युवाहरुलाई यही रोजगारको वातवरण सिर्जना गरेका देश बनाउने जिम्मेवारी दिनुपर्ने कुरामा जोड् दिनुभयो । स्वदेशमा रहेका युवाहरुलाई विदेश जान रोक्नको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने नगरप्रमुख भुसालले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले रेसुङ्गा नगरपालिका भित्र युवाहरुलाई रोजगारको वातरण सिर्जना गर्न विभिन्न समयमा तालिमको व्यवस्था गरेको बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले तालिम लिने कुरा मात्र ठूलो कुरा नभई तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो । तालिममा सहभागि युवाहरुलाई तालिम सिके पछि सफल व्यवसाय वा उद्योमी बनेको समाचार लेख्न पाइयो भनी शुभकामना समेत दिनुभएको थियो ।

तुराङ्ग बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले तुराङ्ग बहुप्राविधिक शिक्षालयले युवाहरुलाई प्राविधिक र दक्ष सिप अभिवृद्धिका लागि स्थापना भएको बताउनुभएको थियो । प्राविधिक शिक्षालयले जिल्लामा ५ सय भन्दा बढि जनशक्तिलाई तालिम दिने उद्येश्य राखेको बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान तुराङ्ग बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले बताउनुभयो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D