गुल्मीमा मृत फेला परेका पुरुषको हत्या भएको आशंका

अनिल खत्री
४ माघ, गुल्मी । गुल्मीमा मृत अबस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिवार मृत अवस्थामा फेला परेका थिए ।

मृतका बिकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घर बाट घाँस काट्न हिँडेका विक अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर–१ को बरेवाखोलामा मृत अबस्थामा फेला पारेको थियो ।

मृतक विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।

कसैले बन्यजन्तु शिकार गर्दा विकलाई लागेको हो या अरु कुनै भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए । बिकको शब आइतवार गुल्मी अस्पतालमा पोष्ट मार्टम गरिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ