गुल्मीमा मृत चितुवा फेला

अनिल खत्री
२१ मंसिर, गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो ।

मिमिया फाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो ।

डिभिजन बन कार्यालय गुल्मीबाट सायक बन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो । ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी ब्यवस्थापन गरिएको छ ।

२-३ दिन अघि मरेको हुन सक्ने डिभिजन बन कार्यालय गुल्मीका सहायक बन अधिकृत पंकज कुमार ठाकुरले बताए । वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ