gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा मुख्य निर्वाचन अधिकृतसहित १२ वटै स्थानीय तहका निर्वाचन अधिकृत तोकियो

टोपलाल अर्याल
गुल्मी, १३ चैत । गुल्मीमा मुख्य निर्वाचन अधिकृतसहित सवै पालिकाका निर्वाचन अधिकृत तोकिएको छ । गुल्मी जिल्ला अदालतका न्यायधिस राधाकृष्ण उप्रेतीलाई मुख्य निर्वाचन अधिकृतसहित रेसुंगा नगरपालिकाको निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै गुल्मी जिल्ला अदालतका श्रेस्तेदार भिमलाल भुसाल गुल्मी दरवार गाउँपालिका, जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता दयाशंकर अधिकारी मुसिकोट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लेखनाथ ज्ञवाली इस्मा, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव तुल्सीराम अर्याल कालिगण्डकी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुसाललाई चन्द्रकोट गाउँपालिकाको निर्वाचन अधिकृत तोकिएको हो ।

त्यस्तै जिल्ला समन्वय समिति काठमाण्डौका उपसचिव राजेन्द्र बहादुर अर्याल छत्रकोट, उच्च सरकारी वकिल कार्यालय पाटनकी उपन्याधिवक्ता मुना पौडेल धुर्कोट गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय काठमाण्डौका उपसचिव कुल बहादुर जिसी मदाने र ज्ञानहरि घिमिरे मालिका गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा तोकिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गा प्रसाद भुसाल रुरु क्षेत्र गाउँपालिका र जिल्ला समन्वय समिति ललितपुरका उपसचिव रुद्रलाल भुसाल सत्यवति गाउँपालिकाको निर्वाचन अधिकृत भएका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D