gulminews logo
शनिबार, २०७९ असार १८

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनिल खत्री
२१ जेठ, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खेरलले बताए ।

कुमाल शनिवार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि उक्त शव पानीबाट निकाली प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

डुबेर मृत्यु भएको घटना थाहा पाउन साथ हस्तीचौर प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार कमल खनालको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । शवलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागी प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D