जिल्ला समाचार

गुल्मीमा भुकम्प सुरक्षा दिवसमा बिबिध कार्यक्रम

अनिल खत्री
गुल्मी, २ माघ । विस १९९० मा महाभूकम्प गएको यस दिनको स्मरणमा गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।

भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी तम्घास बजारमा प्लेकार्ड सहित गरिएको थियो । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रुपमा मनाउने गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी कार्यालका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरी बल नं. ३७ गुल्म, नेपाल प्रहरीका प्रमुख सहित सुरक्षाकर्मीहरु, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र स्थानीय नागरिकहरुको समेत सहभागिता रहेको थियो । राष्ट्रिय भुकम्प सुरक्षा दिवस जिल्ला मुल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रमसंगै सशस्त्र प्रहरी बल नं ३७ गुल्मबाट घुँडा टेकी गुडुल्की, ओतलागी समाऔं अभ्यास पनि गरिएको थियो ।

कार्यक्रममा भकम्प आइसकेपछि सशस्त्र प्रहरी बल गुल्म गुल्मीमाबाट खोज तथा उद्दार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सम्बन्धी कृत्रिम पूर्व अभ्यास गराइएको थियो । डिभिजन वन कार्यालय गुल्मीबाट आगलागी सम्बन्धी उद्वारका सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) बाट पुननिर्माण सम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा अध्यक्षता रहेको थियो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति उपप्रमुख तुल्साकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गुल्मीमा २०७२ सालमा गएको भुकम्पमा ४ हजार १ सय ४४ जना पुनर्निर्माण लाभग्राही रहेका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D