जिल्ला समाचार

गुल्मीमा भीरमा मृत अवस्थामा युवकको शव भेटियो

३० साउन, गुल्मी । गुल्मीमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभनेका २६ वर्षका थम्मनहादुर बोहराको मृत अबस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान घरबाट हिँडेका बोहरा नफर्केपछि खोज्ने क्रममा स्थानीयले बुधबार चिप्लेभीरबाट करिव १ सय मिटर तल मृत अवस्थामा फेला परेका गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

बोहोराको शबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D