कोरोनाजिल्ला समाचार

गुल्मीमा भिरमा खसेकी महिलाको उद्धार, स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइनमा राखिने

टोपलाल अर्याल
गुल्मी, २० चैत। मुसिकोट नगरपालिका ८ को तारिके भिरमा खसेकी महिलाको जिवतै उद्धार गरिएको छ । बिहिबार बिहान नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । बुधबार अवेर मध्ये पहाडी लोकमार्गबाट स्थानीयले ती महिलालाई भिरमा अड्किएको अवस्थामा देखेको मुसिकोट नगरपालिका ८ का वडाध्यक्ष नारायण सापकोटाले बताए । तर निकै अप्ठ्यारो भिर र अध्याँरो भएका कारण उद्धार गर्न नसकेपछि उद्धार टोली फर्किएको थियो ।

करिव ४० बर्षकी मधेसी मुलकी महिला भोकले बिक्षिप्त अवस्थामा भेटिएकी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । अहिले महिलाको स्वास्थ्य परिक्षण गरेर मुसिकोट नगरपालिका ७ को क्वारेन्टाइनमा राखिएको छ । उनलाई क्वारेन्टाइनमै खाने बस्ने व्यवस्था गरेर अन्य सोधपुछको काम अगाडी बढाउने मेयर सापकोटाले बताए । उनले ती महिला पारिवारीक बिचलनका कारण घर छोडेको र लामो समयसम्म खान नपाएका कारण निकै कम्जोर अवस्थामा भेटिएको बताए । भाषा नबुझिएका कारण सवै कुरा खुल्न नसकेको सापकोटाले बताए ।

नेपाली सेनाको भयरथुम अस्थायी पोष्ट वामीका र वामी प्रहरीचौकीको टोलीले उद्धार गरेको हो । महिलाले आफ्नो नाम भुना मात्रै बताएकी छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D