अनिल खत्री
गुल्मी फागुन २ । गुल्मीमा एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १० थालेमाले निवासी ६९ वर्षिय श्यामलाल अर्याललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
अर्याल घर नजिकै बन्दै गरेको बिमान स्थालको रामडाँडा स्थित घोरेटोबाट घर जानेक्रममा लडेर करिव ५० मिटर तल खसेर मृत्यु भएको थियो । उनको शबलाई पोष्टमाटम जिल्ला अस्पताल गुल्मी ल्याएको प्रहरीले जनाएको छ ।