अनिल खत्री
२ जेठ गुल्मी । गुल्मीमा पेन्सन क्याम्प सुरु भएको छ । भारतिय सेना बाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प बुधवारबाट बितरण सुरु भएको हो । भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्प जेठ १४ गते सम्म सदरमुकाम तम्घासमा चल्ने जिल्ला शैनिकबोर्ड गुल्मीले जनाएको छ ।
अबकाश प्राप्त भुपुलाई प्रत्येक वर्षको ६÷६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ । सदरमुकाम तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची ,प्युठान लगायतका ठाउँका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुभ्mने शैनिकबोर्ड गुल्मीले जनाएको छ ।
पेन्सन क्याम्प चल्ने भएसगै तम्घासको बाख्रेछेडा बजारमा चलहपहल बढेको छ । क्याम्पलाई मध्यनजर राखेर स्थानिय तथा जिल्लाबाहिरबाट बिभिन्न व्यापार लिएर तम्घास आउने गर्नाले पनि चपहपहल वढने गर्दछ । क्याम्प अबधीर दिउँसोको समयमा मदिरा बेच बिखन तथा सेवन नगर्ने, क्याम्प वरिपरि राखिने पसलहरु सड्क पेटी भन्दा भित्र राखेर बिक्री गर्ने प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै क्याम्प सञ्चालन हुने स्थल वरिपरि असाय अशक्त बृद्ध व्यक्ति बाहेकलाई सवारी साधन रोक लगाउने, क्याम्प अबधीभर स्वास्थ्य सहितको टोली र एउटा एम्बुलेन्स तयारी अबस्थामा राख्ने निर्णय भएको छ । पेन्सन क्याम्पलाई मध्य नजर राखेर होटल व्यवसायीहरुले स्वच्छ,सफा र सुलभ मुल्यमा खानपानको व्यवस्था मिलाउन आग्रह गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले बताए ।
प्रशासनले अबधीभर बजारमा हुने कालो बजारी तथा अखाध्य सामानहरु बिक्री बितरणमा बिशेष निगरानि बढाउने निर्णय भएको छ । वर्षातको समयमा कतिपय स्थानमा बिग्रीएका सड्कहरु तत्काल मर्मत गर्न स्थानिय तह तथा सड्क आयोजनाहरुलाई आग्रह गरिने भएको छ । बाटो बिग्रीएको निहुपारि तोकिएको भाडा रेटदर बाहेक अनाबश्यक चर्को मुल्य लिन नपाइने र त्यस्तो पाइए कारवाही समेत गरिने निर्णय गरेको छ ।
क्याम्पलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न सबै सरोकारवालाहरुले आफनो ठाउँबाट सहयोग गर्न र तोकिएको समयमा मदिरा बिक्री नगर्न तथा बजारमा कुनैपनि कालो बजारी र अखाध्य सामाग्री बिक्री बितरण, बढि मुल्यमा बिक्री बितरण गरेको पाइए कानुन बमोजिम कावाही हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र






