gulminews logo
शुक्रबार, २०७९ जेष्ठ १३

गुल्मीमा भाइरस बिरुद्धको राेग प्रतिरोधात्मक औषधी वितरण

सन्तोष महतारा
गुल्मी , ०४ असार । गुल्मीमा भाइरस बिरुद्धको रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको छ । कोरोनाका कारण बिश्व नै आतंकित बनिरहेको बेला यस भाइरस सँग लड्न राेग प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक नामक आैषधी जिल्लामा वितरण गरिएको हो ।

बुटवल उद्योग वाणिज्य संघको सहजीकरण तथा सदरमुकाम तम्घासमा रहेको रिडर्स पब्लिक हाई स्कूलको व्यवस्थापन साथै मारवाडी सेवा समितिको सहयोगमा भाइरस विरुद्धको औषधी वितरण गरिएको रिडर्स पब्लिक हाई स्कूलका प्रिन्सिपल श्रीप्रसाद भलामीले बताए ।

आैषधी बितरण कार्यक्रममा सहभागीहरुलाई औषधीका बिषयमा भलामीले जानकारी गराएका थिए । कार्यक्रममा एक हजार भन्दा बढीलाई साेही आैषधी निःशुल्क वितरण गरिएकाे छ ।

यो औषधी गुल्मीका विभिन्न ठाउँमा आइसोलेशन रहेका बिरामीलाई पनि वितरण गरिने बताइएको छ ।
जिल्लामा अहिले यस औषधीको अत्याधिक माग बढिरहेको र आफुहरु सकेसम्म यसलाई सबैमाझ पुराउन लागि परेको भलामीले कार्यक्रममा जानकारी गराएका थिए ।

यस औषधी प्रयोग अवधिभर अल्कोहल र निकोटिनयुक्त पदार्थ प्रयोग गर्न मिल्ने छैन । होमियोप्याथिक नामक यो आैषधी राेगसँग लड्न प्रतिरोधात्मक शक्ति बढाउनेको रुपमा प्रमाणिात भइसकेको छ । यसले कोरोना मात्रै नभएर जुनसुकै भाइरस सँग पनि प्रतिरोध गर्ने क्षमता बढी राख्ने गर्दछ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D