gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा भलिबल प्रतियोगिता: रुपन्देहीलाई उपाधी सहित १ लाख पुरस्कार, काउचा परिवारद्वारा २ लाख ३० हजार रुपैँया सहयोग

गुल्मी, चैत ०६ । चन्द्रकोट गाउँपालिका ६ गुल्मी स्थित झरना युवा क्लबले आयोजना अन्तर जिल्ला स्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । युवा शक्ती नै समाज र राष्ट्रको मेरुदण्ड हो भन्ने मूल नाराका साथ क्लबले आफ्नै भवन प्रांगणमा आयोजना गरेको स्वर्गिय भला सुवेदार त्रिलोक सिंह काउचा (OBI SB) भलिबल कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतयोगिता तथा बिबिध साँस्कृतिक सम्पन्न भएको हो ।

चैत १ गते शुरु भई ५ दिन सम्म सन्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । जिल्ला भलिबल संघ गुल्मी, रुपन्देही, तनँहु, पाल्पा, बाग्लुङ र पर्वत सहित ६ जिल्लाका भलिबल संघको सहभागिता रहेको छ भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ, रुपन्देहीले हात पार्न सफल भएको छ । रुपन्देहीले नगद १ लाख ५ हजार रुपैँया सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । जिल्ला भलिबल संघ गुल्मी भने दोस्रो स्थानमै चित्त बुझाउन वाध्य भयो । गुल्मीले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्यो ।

झरना युवा क्लबका अध्यक्ष कुमार बहादुर सार्कीको सभापतित्व रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बीनी प्रदेशका पूर्व समाजिक विकासमन्त्री सुदर्शन बराल प्रमुख अतिथी रहेका थिए भने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथीहरुमा स्थानिय जनप्रतिनिधीहरु, जिल्ला समान्वय समिती सदस्य चेतन बस्नेत, बिभिन्न पार्टीका प्रतिनिधीहरु, बिभिन्न संघ्सँस्थाका प्रतिनिधिहरु लगायत रहेका थिए ।

राष्ट्रिय स्तरका कलाकार खेम सेन्चुरी, प्रसाद खप्तडी र निशा गुरुङ सहित थुप्रै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रममा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

कार्यक्रममा बिशेष आर्थिक सहयोग पुर्याउने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका सन्ततीहरु सहित अन्य सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न काउचा परिवारले २ लाख ३० हजार रुपैँया सहयोग गरेका थिए । कार्यक्रमको लागि स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका छोराहरु जेठा टोप बहादुर काउचाले ५ हजार रुपैँया, माईला थमान सिह काउचाले २५ हजार रुपैँया, साईला ठाकुर सिंह काउचाले १० हजार रुपैँया काँईला चन्द्र बहादुर काउचाले ३० हजार रुपैँया, राँईला ओम प्रकास काउचाले १० हजार रुपैँया, ठाईला ओम प्रसाद काउचाले ६० हजार रुपैँया र कान्छा खिम बहादुर काउचाले १० हजार रुपैँया सहयोग गरेका थिए ।

त्यस्रै छोरीहरु कृष्णकला थापा काउचाले १० हजार रुपैँया, र मायादेबी राना काउचाले ५ हजार रुपैँया सहयोग गरेका थिए । नातिनतीनाहरू मन्जु काउचा तथा ज्वाई कार्लेस(स्पेन) ले १० हजार रुपैँया, अन्जु काउचाले ५ हजार रुपैँया, मिलन काउचा (युके) ले ५ हजार, ओशिन काउचा (युके)ले ५ हजार रुपैँया, मनोज काउचाले ५ हजार, सन्जु काउचा राना तथा कमल रानाले ५ हजार रुपैँया, लक्ष्मी थापा राना तथा बिन रानाले ५ हजार, सुसिल काउचाले ५ हजार, कमला तथा रिम थापाले (अमेरिका)ले ५ हजार रुपैँया सहयोग गरेका थिए ।

त्यस्तै बुवा स्व. जुद्द बहादुर काउचाको स्‍मृतीमा पनाती तथा चन्द्रकोट स्थित झापक होटेलका संचालक रमेश काउचाले १० हजार रुपैँया तथा अर्का पनाती झापक घर भई हाल बुटवलमा बस्ने असन काउचाले पनि ५ हजार रुपैँया सहयोग गरेका थिए ।

कार्यक्रमको संयोजन क्लबका पुर्वअध्यक्ष तथा हाल प्रमुख सलाहकार होम गलामी तथा पुर्वअध्यक्ष हेमलाल श्रीसले गरेका थिए भने सहसंयोजन डमर दगामीले गरेका थिए ।

बेलायतबाट कलवका संस्थापक तथा गुल्मी जिल्ला समाज युके संस्थापक अध्यक्ष हाल सल्लाहकार ग्रेटर रशमोर नेपाली कम्यूनिटीका पुर्वअध्यक्ष हाल प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक रहेका ओम थापा काउचाले बेलायतदेखी यस कलवको अभिभावक सल्लाहकारको रूपमा कलवलाई बिषेस सुझाव सहयोग पुराएका थिए ।

“आज आएर हाम्रो बुवा स्व. भला सुबेदार त्रिलोक सिंह काउचा (OBI SB) जस्ता ब्यक्तीलाई यसरी सम्मान गर्नु अती गौरवको कुरो हो”, थापाले भने, “बुवाको नाम (भला सुबेदार) पदबी को अती महत्त्वपूर्ण छ यो नाम जनसमुदायले दिएको पद हो ।”

को हुन् भला सुबेदार अर्थात त्रिलोक सिंह काउचा ?

बिषेस त गरिव र दुखी को जिवन स्तर सुधार कसरी गर्ने शिक्षा नै प्रमुख सही मार्ग हो भनेर चन्द्रकोट ईलाकामा पहिलो श्री महेन्द्र प्राइमरी स्कुल स्थापना गर्ने काउचा आफै प्रधानाध्यापक रहेर शिक्षाको दियो बाल्ने ब्यक्ती थिए । उनी आफु भारतीय सेनाको ३२ बर्षे जागिरे कालमा उक्त समयको उच्च सैनिक पद सुबेदार पदबाट समानित ब्यक्ती थिए ।

बिषेस मतवालीहरू लाहुरे हुने प्रचलन रहेको समयमा पनि पहिला शिक्षा र तव लाहुरे भनेर जोड दिने र बिषेस त गरीवहरूको उत्थान र समग्र समाजको भलाईको लागि निम्ती आफ्नै खर्चमा शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरेका कारण उनलाई जनमानसले नै भला सुबेदारको उपाधी दिएको जानकारहरु बताउँछन् । पछी उनी आफ्नो नामले भन्दा भला सुबेदारकै नामले चिनिँदै गए र आज पर्यन्त पनि उनलाई सोही नामले चिनिन्छ ।

आज कलवले वहाँको सम्झनामा यस भलिवल प्रतियोगिता राख्नु अती भहत्वपूर्ण कुरा रहेको र यस कलवले यती ठुलो धनराशीको पुरस्कार रहेको प्रतियोगिता जिल्लामै पहिलोपटक आयोजना गरेर एतिहासिक कार्य गरेको सहयोगदाता ओम काउचा थापाले जनाए । सदरमुकाम बहिर स्थानिय स्तरमा यस्ता पतियोगिता आयोजना हुनु पक्कै पनि गुल्मीले भलिवल खेलमा राष्ट्रीय स्तरका खेलाडी उत्पादनमा ठुलो प्रेरणा पुग्ने थापाले बताए । जिल्लामै नमुना क्लबको रुपमा परिचित क्लबले आफ्नै खेलकुद मैदान र भवन समेत बनाएको छ भने थप संरचनाको लागी पुन र्को ठाउँमा जग्गा खरिद पनि गरेको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D