जिल्ला समाचार

गुल्मीमा भजन तथा भक्तीसंगित प्रतियोगिता सम्पन्न

गुल्मी, साउन १८ । गुल्मीको ऐतिहासिक तपोभुमी एवं धार्मिक स्थल रेसुङ्गामा साउने मेला जारी रहेको छ । एक महिनासम्म चल्ने मेलालाई रेसुङ्गा संरक्षण समितिले व्यवस्थापन गरीरहेको छ । रेसुङ्गाको ऐतिहासिक महत्वलाई उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष लाग्ने साउने मेलामा रेसुङ्गा संरक्षण समितिले भक्ति संगित प्रतियोगिता समेत गदै आईरहेको छ ।

यस वर्ष पनि रेसुङ्गा संरक्षण समितिले भक्तिसंगित प्रतियोगिता सम्पन्न गरेको छ । हिजो हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागीतामा भव्यताका साथ भक्तिसंगित प्रतियोगिता सम्पन्न गरिएको रेसुङ्गा संरक्षण समितिका सचिव मोती प्रसाद खनालले जानकारी दिनुभएको छ । प्रतियोगितामा भिम बहादुर थापाको नेतृत्व रहेको अर्खेले भजन मण्डली समुह रेसुङ्गा नगरपालिका प्रथम, भिमकान्त गौतमको नेतृत्वमा रहेको चन्द्रकोट भजन मण्डली समुह चन्द्रकोट गाउँपालिका द्धितिय तथा ठमिदेवि रानाको नेतृत्वमा रहेको पराल्मी भजन मण्डली समृह रेसुङ्गा नगरपालिका–१४ तृतिय भएका खनालले जानकारी दिनुभयो ।

प्रथम,द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः दश हजार,सात हजार तथा पाँच हजार पुरस्कार समेत प्रदान गरिएको छ । बेला–बेलामा आयोजना गरीने भक्तिसंगित प्रतियोगिताले धार्मिक परम्पराको संरक्षण हुने तथा धार्मिक जागरणलाई मद्दत पुर्याउने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनुभयो । मेलामा अर्घाखाँची गुल्मी मैत्रि समुहले प्रसाद वितरण गरेको थियो । हिजो विहानैदेखि रेसुङ्गामा दर्शनको लागि जाने भक्तजनहरुको घुँइचो थियो ।

गुल्मी जिल्ला लगायत छिमेकी जिल्लाहरु अर्घाखाँची,पाल्पा,बाग्लुङ्ग,लगायतका जिल्लाहरुबाट पनि रेसुङ्गामा स्नानका,लागि भक्तजनहरु आउने गर्दछन् । साउन महिनाभर मेला चले पनि हरीशयन एकादशी, कामिका एकादशी, औँसी लगायतको तिथिमा बिशेष मेला लाग्ने रेसुङ्गा संरक्षण समितिका सचिव मोतीप्रसाद खनालले जानकारी दिनुभएको छ । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेशचन्द्र भुसाललको सभापत्वि रहेको कार्यक्रममा पिठाधिश आनन्द गुरु, लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन पुजा व्यवस्थापन समितिका सचिव रामलाल पाण्डेयले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D