जिल्ला समाचार

गुल्मीमा ब्युटीफुल कफि नेपालको बार्षिक प्रगति समिक्षा संपन्न

तिलाचन पाण्डे
गुल्मी, जेठ १ । ब्युटीफुल कफि नेपालको बार्षिक प्रगति समिक्षा कार्यक्रम तम्घासको निलगिरी पाटी प्यालेसमा संपन्न भएको छ ।
जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष निलाकण्ठ गौतमको अध्यक्षतामा गुल्मी जिल्ला संयोजक अशोक थापाले बार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा कार्यक्रम लागु भएका स्थानहरुका वडा अध्यक्षहरु , कृर्षकहरु र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रममा कफी बिरुवामा लाग्ने रोग र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा छलफल भएको थियो । जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादु्र थापाको प्रमुख आतिथ्यतामा दिल बहादुर जिशीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन भाष्कर ज्ञवालीले गर्नुभएको थियो ।

साना सिंचाई आयोजनाको लागी पानीको श्रोत सहज रुपमा प्राप्त नहुनु र ब्यबस्था भए अनुसार सबैलाई समेटन नसक्नु ,कफिमा दिएको तालिम अनुसार फिल्डमा किसानहरुले अबलम्बन नगर्नु तथा न्यून रुपमा मात्र हुनु , कफिको नर्सरीलाई चाहे अनुसार ब्यबस्था गर्न नसक्नु ,नयाँ बिरुवाहरुको मृत्युदर २० देखि २५ प्रतिशत सम्म हुनु , कफिमा गवारो संगै सिन्दुरे रोगहरु पनि देखा पर्नु र हालको नयाँ संरचनामा आबश्यक समन्वय गर्न प्रयाप्त श्रोत ब्यबस्थापन गर्न नसक्नु चुनौतीको रुपमा लिइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D