जिल्ला समाचार

गुल्मीमा बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ

मनोज कार्की
गुल्मी, फागुन ६ । रेसुङ्गा हस्पीटल प्रा.लि. गुल्मीले सदरमुकाम तम्घासमा बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सुरु गरेको छ। आज गुल्मीको सदरमुकाम तम्घासको रिडर्स बोर्डिङ स्कुलमा स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम गरी सुरु स्वास्थ्य शिक्षाको सुरुवात गरिएको हो ।

धेरैले समस्या नबुझेकै कारण विभिन्न रोगबाट ग्रसित हुनुपरेकोले स्वास्थ्य शिक्षा कार्यक्रम अगाडी बढाइएको रेसुङ्गा हस्पिटल तम्घासका शेर बहादुर थापाले बताए । शिक्षा स्वास्थ्य कार्यक्रम सामाजिक जनचेतना मुलक कार्यक्रम भएकाले यसको प्रचारप्रसार गर्न सकेमा मात्र यस अभियानले सार्थकता पाउने थापाले बताए ।

तम्घास भएका सम्पुर्ण बिधालय देखि स्थानीय तह, वडा कार्यलय र विभिन्न संघसँस्थामा गएर कार्यक्रम तथा शिबिर गरिने आयोजकले बताएका छन् । शिबिरहरु पनि संचालित गर्ने स्वास्थ्यलाई संगठित बनाउनको लागि यो कार्यक्रम बिधालयका शिक्षक र बिद्यार्थीहरु बिचबाट गर्दा स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी हुने रेसुङ्ग हस्पिटल सन्चालक समिती अध्यक्ष श्री प्रसाद भलामीले जानाकारी दिए ।

रिर्डस बोर्डिङ स्कुलबाट सुरु गरिएको कार्यक्रमलाई सबैले सहयोग गर्न अध्यक्ष भलामीले आग्रह गरे । कस्तो अबस्थामा के गर्नु पर्छ र रोग लाग्नुबाट बच्न्ने उपायको बारेमा विद्यार्थी शिक्षकबाट जानकारी गराउँदा समाजमा परिबर्तनमा सघाउ पुग्ने भलामीको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D