घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा बडीगाड खोलामा बगेर २ जना बेपत्ता

अनिल खत्री
२८ असोज, गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए ।

मंगलवार छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा ३ जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता मध्ये ७ वर्षिय किसान बिकलाई स्थानी माछा मार्नेले देखेर उद्धार गरेका प्रहरी निरिक्षक रावलले बताए । बगेर बेपत्ता भएका २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D