गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान

अनिल खत्री
१८ चैत, गुल्मी । गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचाहन भएको छ । बेवारिसे अबस्थामा फेला परेको शब जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षिय सुरज गन्दर्भ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

गन्दर्भको शब सोमवार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा फेला परेको थियो । घरमा परिवारका अन्य सदस्यहरु नरहेको र श्रीमती पनि ९ वर्ष पहिले अन्यत्र पोईला गएको प्रहरीले जनाएको छ ।

गाउँमा गीत गाउँने सँगै ज्याला मजदुरी गरेर हिँड्ने गन्दर्व गत मंसिरबाट घरमा नआएको प्रहरी निरिक्षक पुनले बताए । शब पहिचाहनसँगै आफन्तजन बुझेर सदगद गरेको प्रहरीले जनाएको छ । मृतक गन्दर्भको मृत्यु कसरी भएको भन्ने बारे भने केहि खुलेको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ