जिल्ला समाचार

गुल्मीमा प्रहरीद्धारा ठूलो परिमाणमा गाँजा फडानी र नष्ट

अनिल खत्री
२१ गुल्मी भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा तथा गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । प्रहरीले रेसुङ्गा नगरपालिका वडा नम्बर ४ को बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो । बिहिवार वडा कार्यालयमा एक कार्यक्रमका बिच संकलित ३ कुन्टल गाँजा कार्यालय परिसरमै नष्ट गरिएको थियो ।
संकलित गाँजा नष्ट गर्ने कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,प्रहरी प्रमुख दिपककुमार बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष बिजयकुमार मरासिनी, सामुदायिक प्रहरी समाजका अध्यक्ष कृष्ण भण्डारी लगायत पत्रकारहरुको सहभागितामा नष्ट गरिएको थियो । गाँजा नष्ट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले लागु औषध नियन्त्रण अभियान र घरेलु मदिरा नियन्त्रण अभियानलाई टोलटोलमा लगेर नियन्त्रण गर्न लागि परिरहेको बताए ।
उनले गुल्मी जिल्लालाई स्वस्थ्य समाज निर्माण गर्नको लागि घरेलु मदिरा तथा अबैध गाँजा खेती नष्ट गर्ने अभियानलाई सञ्चालन गरिएको बताए । जब सम्म नागरिक हरेक हिसावले सहि बाटोमा हुँदैन तब सम्म बिकासका आयामहरु अगाडी वढ्न नसक्ने हुँदा घरेलु मदिरा र गाँजालाई निस्तेज पारेर अगाडी वढने बताए ।
उनले मदिरा तथा लागु औषधले समाजमा धेरै असर पार्ने तथा समाजलाई भड्काउने क्रियाकलापलाई सुधार्न यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रजिअ पौडेलले बताए । यो अभियानलाई जिल्लाका बिभिन्न गाउँ टोलटोल सम्म पुराएर स्वस्थ्य तथा शान्तिपूर्ण समाज निर्माणमा सृजना गर्ने तर्फ सबैले सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
पछिल्लो सयम यता लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान संचालन गरेको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए । उनले सामाजिक बिकृति रोक्ने उदेश्यले यो अभियानले अरुले पनि अनुसरण गर्ने उदेश्यले गाउँ तह सम्म लैजान थालिएको बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख बस्नेतले बताए । जिल्लामा व्यावसायीक रुपमा गाँजा खेती छैन, प्रहरी प्रमुख बस्नेतले भने, ‘बिस्तारै सचेतना र कारवाही अभियानलाई बढाउनुपर्छ ।’ उनले आफ्नो वरीपरी कहिँकतै व्यक्ति वा सार्वजनिक स्थलमा गाँजा खेती गरिएको भए प्रहरीलाई तुरुन्त जानकारी दिन आग्रह गरे ।
कार्यक्रममा वडा अध्यक्ष बिजयकुमार मरासिनीले वडाले घरेल मदिरा तथा निजी तथा सार्बजनिक स्थलमा उम्रीएका गाँजा नियन्त्रण गर्ने तर्फ थालनी गरिएको बताए । उनले घरेलु मदिरा नियन्त्रण गर्नको लागि मदिरा उत्पादन गर्नेहरुलाई अन्य सिपका तालिका कार्यक्रमहरु भए नियन्त्रणमा सहयोग हुँने बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले २ महिनामा तम्घास बजारकै आसपासबाट १४ कुन्टल गाँजा फडानि गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिबबहादुर खत्रीले बताए । उनका अनुसार रेसुङ्गा नगरपालिका बिभिन्न सिमीचौर,भाडगाँउ,तम्घासको पुरानो बजार,उदिनढुंगा, खनिगाँउ,लगायतका स्थानका सार्बजनिक तथा निजि जग्गामा भएको गाँजालाई फडानी गरि नष्ट गरिएको नायव निरिक्षक खत्रीले बताए ।
गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने बताएको छ । जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ ।
औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी, बाटोमा हिडने सडक बालबालिका, तथा बालश्रमिकहरु पनि दुव्र्यसनीमा फस्दै गएको गुनासो वढन थाले सगै प्रहरीले निगरानी बढाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D