जिल्ला समाचार

गुल्मीमा प्रभाबकारी बन्दै समुदाय प्रहरी साझेदारी

टोपलाल अर्याल
गुल्मी, ११ माघ । जिल्ला प्रहरी कार्यालय गुल्मीले स्थानीय तहका प्रमुखहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई विभिन्न किसिमले सहयोग पुराउने जिल्लाका २ नगर र गाउँपालिका प्रमुखहरुलाइ सम्मान गरिएको प्रहरी प्रमुख राजेन्द्र सिह खड्काले बताए । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले स्थानीय तहका प्रमुखहरुलाइ सम्मान गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले समुदायको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । उनले सुरक्षा चुनौती विभिन्न किसिमले बढ्दै गएकाले यो अभियान अझै जनता माझ पुराउनु पर्नेमा जोड दिए । साथै उनले स्थानीय तहले अहिलेसम्म गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप सक्रिय सहयोगको अपेक्षा गरे ।

त्यस्तै रेसुङा नगरपालिका प्रमुख डिल्लीराज भुसालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत धेरै राम्रो काम भएकाले अझै त्यसको व्यास्थापनमा नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले प्रहरी र समुदाय नमिलेसम्म अपराध न्यूनीकरण नहुने भएकाले यो अभियानको अपरिहार्यता अझै बढेको बताए । प्रहरीले समुदाय र विद्यार्थीकाबिच संचालन गरेका सचेतनामुलुक कार्यक्रमले निकै फाइदा पुगेको बताउदै जिल्लाका ठुलो घटनाहरु बाहिर ल्याउन समुदायको ठुलो भुमिका रहेको बताए ।

गाउँ गाउँमा समुदाय प्रहरी साझेदारी

गुल्मी जिल्लामा समुदाय प्रहरी जिल्ला समिति १ पालिका समिति १२, वडा समिति ९३, टोल समिति २७३ र प्रहरी बिद्यालय सम्पर्क समिति २ सय २६ गठन गरिएको छ । जसले सामुदायिक सुरक्षाका कार्यक्रमलाई जिल्लाभर एकसाथ अगाडि बढाउदै लगेको प्रहरी नायब उपरीक्षक मीन घलेले बताए । समुदाय प्रहरी साझेदारी निर्माण पश्चात आर्थिक बर्ष ०७६/०७७ मा सामुदायिक गतिविधि अन्तर्गत आधारभुत सुरक्षा, स्थानिय निकाय र प्रहरी कार्यालयबाट हुने सेवा प्रवाह, गाँजा फडानि तथा नष्ट ९ सय ३१ क्विन्टल, घरेलु मदिरा तयारी ६ सय २५ लिटर र कच्चा पदार्थ ११ सय ५० लिटर बरामद गरेर नष्ट गरिएको घलेले बताए ।

साझेदारी मार्फत सचेतना

महिला बालबालिका तथा जेष्ठ नागरिक बिरुद्दका अपराध र हिंसा, बाल बिवाह, दाईजो प्रथा, बोक्सी आरोप, सामाजिक बिकृति, मानब बेचबिखन, सडक सुरक्षा, बिपद् व्यबस्थापन, मदिरा नियन्त्रण, लागु औषध नियन्त्रण, साईबर सुरक्षा जस्ता बिषयमा १ सय २२ पटक ४ हजार ३ तीन सय ५२ जनालाई बिबिध माध्यमबाट जानकारी तथा सुचित पार्ने कार्य भएको प्रहरी निरीक्षक राजकुमार रावलले बताए । त्यसैगरी प्रहरी बिद्यालय सम्पर्क कार्यक्रमको माध्यमबाट साईबर सुरक्षा, आकस्मिक नं प्रयोग सम्बन्धमा, लागु औषध, मानव बेचबिखन, आधारभुत सुरक्षा, सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण, बिद्यालयमा हुने अभद्र ब्यबहार, प्रहरी संग एक दिन , बिपद व्यवस्थापन, सडक सुरक्षा सम्बन्धि बिषयमा १ सय ८४ पटक १२ हजार ३ तीन सय ६१ जनालाई प्रशिक्षण तथा सचेतना गराउने कार्य भएको प्रहरी जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D